Monday, August 24, 2026
spot_img
spot_img

सजिलो सेवाबाट पूर्णरुपमा बाहिरियो ट्रू नर्थ एसोसिएट्स

spot_img

ट्रू नर्थ एसोसिएट्स (True North Associates) ले आफ्नो पोर्टफोलियो कम्पनी सजिलो सेवाबाट पूर्णरुपमा बाहिरिएको छ। ट्रू नर्थले २०२२ अक्टोबरमा सजिलो सेवामा पहिलो लगानी गरेको थियो। त्यसको साढे ३ वर्षपछि ट्रू नर्थ एसोसिएट्स सजिलो सेवाबाट पूर्ण रुपमा बाहिरिएको हो ।

पहिलो लगानी गर्दा सजिलो सेवाबाट घर तथा कार्यालयका विभिन्न सेवाहरू भरपर्दो रूपमा उपलब्ध गराउने र विभिन्न सीप स्तरका व्यक्तिहरूलाई सम्मानजनक रोजगारी सिर्जना गर्ने उदेश्य राखिएको ट्रू नर्थले जनाएको छ। लगानी र व्यवस्थापन सहयोगपछि कम्पनीले संरचनागत विकास, सञ्चालन मोडेल परिष्करण र रणनीतिक पुनःस्थापना गरेको थियो। ट्रू नर्थ एसोसिएट्सले अब कम्पनीलाई अर्को चरणका लागि बलियो आधार तयार पारेको जनाएको छ।

यस अवधिमा सजिलो सेवा सेवा प्रदायकबाट प्लेटफर्ममा रूपान्तरण भएको छ।  त्यस्तै जनशक्तिको गुणस्तर र आपूर्ति सुनिश्चित गर्न सजिलो एकेडेमीको सुरुवात भएको छ। यस अवधिमा सञ्चालन तथा वित्तीय संरचना मजबुत गरिएको,  व्यवसाय मोडेल सरलीकरण गरिएको, वित्तीय नियन्त्रण सुदृढीकरण र लगानीकर्ता-उपयुक्त रिपोर्टिङ प्रणाली स्तरोन्नति गरिएको ट्रू नर्थ एसोसिएट्सले जनाएको छ।

अहिले सजिलो सेवा थप स्पष्ट संरचना, बलिया प्रणालीसहित अर्को चरणका लागि अगाडि बढिरहेको र ट्रू नर्थले यो  योगदान पुर्‍याएकोमा खुशी व्यक्त गरेको छ। ट्रू नर्थ एसोसिएट्सका लागि यो सातौं एक्जिट हो र सबै एक्जिटहरूमा सकारात्मक प्रतिफल प्राप्त भएको छ।

सजिलो सेवा नेपालको पहिलो र अग्रणी घरेलु सेवा मार्केटप्लेस हो जसले प्लम्बिङ, इलेक्ट्रिकल, एसी जडान, कम्प्युटर मर्मतलगायत ५० भन्दा बढी सेवाहरू एउटै एप र वेबसाइटमार्फत उपलब्ध गराउँछ। यो प्लेटफर्मले काठमाडौं उपत्यका र पोखरामा घर तथा कार्यालयका लागि भरपर्दो र प्रमाणित प्राविधिकहरू जोड्ने काम गर्छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

चेम्बर र एनआरएनएबीच लगानी, व्यापार तथा आर्थिक सहकार्य विस्तारमा समझदारी

नेपाल चेम्बर अफ कमर्स र गैरआवासीय नेपाली संघ (एनआरएनए)...

जब एशियाका ४ देशमा एकसाथ ‘ब्ल्याकआउट’ भयो

अगस्ट १४, २०२६ को दिउँसो मध्य एसियाका चार देश—काजाकिस्तान,...

बीरगञ्जमा प्रोटोनको ११औँ सोरुमसँगै ‘द अल–न्यू प्रोटोन इ.मास ५’ सार्वजनिक

नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि....

टोयोटा विजय उत्सव सुरु हुँदै, दशैंसम्म आकर्षक अफर

टोयोटा नेपालले नेपालीहरूको महान् पर्व दशैंलाई लक्षित गर्दै अगस्ट...

कठोर सरकारी नीतिले पन्चकन्यालाई सास्ती, भत्काउँदै आफैँले बनाएको करोडौंको संरचना

भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज) भित्र दोस्रो उद्योगका रुपमा...
spot_img