प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् ।
गत फागुन २१ गते सम्पन्न निर्वाचनमा उनी नेपाली कांग्रेसको समानुपातिक कोटाबाट सांसद बनेका हुन् । केसी ७८ वर्षका छन् ।
अब उनले बिहिहीबार प्रतिनिधिसभाका २७४ सदस्यहरुलाई सपथ ग्रहण गराउने छन् । सभामुख निर्वाचित नहुँदासम्म केसीले नै प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नेछन् ।












