इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरानस्थित ग्यास खानीमा भविष्यमा हमला नगर्न आफू तयार भएको बताएका छन् । उनका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुरोधपछि इजरायल त्यसका लागि सहमत भएको हो ।
यद्यपि इरानी नववर्ष ‘नोरूज’को दिन पनि इजरायलले इरानको राजधानी तेहरानमा हवाई हमला जारी राखेको छ । इरानले पनि जेरुसलेमलाई निशाना बनाएर कैयौँ क्षेप्यास्त्र प्रहार गरेको छ ।
बिहिबार राति आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेतन्याहूले इरान तहसनहस भइसकेको र अब युरेनिअम संवर्धन वा ब्यालेष्टिक निर्माण गर्न असमर्थ बनेको दाबी गरेका थिए ।
यता, मध्यपूर्वस्थित यूएई, कुवेत, साउदी अरब र बाहराइन जस्ता देशले आफ्नो भूमिमा क्षेप्यास्त्र वा ड्रोन आक्रमण भएको जनाएका छन् । ड्रोन हमला हुँदा कुवेतस्थित एउटा तेल प्रशोधन केन्द्रमा आगलागी भएको विवरण कुवेती सरकारी सञ्चारमाध्यमहरूले दिएका छन् ।












