Wednesday, July 1, 2026
spot_img

राष्ट्रपतिलाई बुझाईयो निर्वाचन परिणाम, नयाँ सांसदको सपथ १२ गते

spot_img
spot_img

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ को निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष बुझाईएको छ। निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त राम प्रसाद भण्डारीले आज राष्ट्रपति पौडेललाई प्रतिवेदन बुझाएका हुन् ।

आयोगले निर्वाचन परिणामसहितको समग्र प्रतिवेदन बुझाएसंगै अब नेपालको संविधान, २०७२ को धारा ७६ (१) अनुसारको सरकार गठनका लागि आह्वान गर्ने बाटो खुलेको छ । अब नव नियुक्त सांसदहरुको सपथपछि नयाँ सरकार गठन हुने छ । सांसदहरुको सपथ चैत्र १२ गते तयारी छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नयाँ सरकार गठनका लागि एकल रूपमा स्पष्ट बहुमत प्राप्त गरेको छ । दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा रास्वपाका कुल १८२ सांसद निर्वाचित भएका छन् ।

रास्वपाले आफ्नो वरिष्ठ नेता बालेन शाहलाई प्रधानमन्त्री बनाउनको लागि आफ्नो विधान संशोधन गर्दै छ। रास्वपाले विधान संशोधन गरेर बालेनलाई संसदीय दलको नेता चयन गर्न लागेको हो । त्यसपछि राष्ट्रपतिले नेपालको संविधान, २०७२ को धारा ७६ (१) को व्यवस्था अनुसार बहुमत प्राप्त दलको संसदीय दलको नेताको रुपमा बालेन्द्र शाहलाई प्रधानमन्त्री नियुक्त गर्ने छन् ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img