Wednesday, July 1, 2026
spot_img

इतिहास कै ठूलो IPO ल्याउँदै रिलायन्स जियो, २.५ प्रतिशत निष्काशन गरेर ३ अर्ब डलर उठाउने

spot_img
spot_img

मुकेश अम्बानीको नेतृत्वमा रहेको रिलायन्स इन्डस्ट्रीजले आफ्नो टेलिकम र डिजिटल आर्म रिलायन्स जियो प्लेटफर्म्सको आईपीओ ल्याउने योजना तीव्र बनाएको छ। यो आईपीओ भारतको इतिहासमा सबैभन्दा ठूलो बन्न सक्ने भएको छ। कम्पनीले २.५ प्रतिशत स्टेक मात्र बिक्री गर्ने योजना बनाएको छ जसबाट २.५ देखि ३ अर्ब अमेरिकी डलर (लगभग २१,००० देखि २५,२०० करोड भारतीय रुपैयाँ) रकम उठ्ने अनुमान गरिएको छ।

भारत सरकारले ठूला कम्पनीका लागि न्यूनतम पब्लिक फ्लोट ५ प्रतिशतबाट घटाएर २.५ प्रतिशत बनाएपछि यो सम्भव भएको हो। आईपीओमार्फत करिब २.५–३ अर्ब डलर संकलन हुने भनिएपनि उच्च मूल्यांकनमा ४.५ अर्ब डलरसम्म पुग्न सक्ने बताईएको छ। यो साइजले सन् २०२४ को ह्युन्डाई मोटर इन्डियाको ३.३ अर्ब डलरको आईपीओलाई उछिन्नेछ र भारतको सबैभन्दा ठूलो आईपीओ बन्नेछ।

प्रति शेयर मूल्य र मूल्य ब्यान्ड अझै निर्धारण भएको छैन। ड्राफ्ट रेड हेरिङ प्रोस्पेक्टस (डीआरएचपी) स्वीकृति पछि मात्र मूल्य ब्यान्ड घोषणा हुनेछ।

कम्पनीले आगामी २–३ हप्ताभित्र (मार्चको अन्त्य वा अप्रिलको सुरुवातमा) सेबी (SEBI) मा बुझाउने तयारी गरेको छ।
आर्थिक वर्ष २०२६/२७ को पहिलो ६ महिना भित्रै शेयर सूचीकृत गराउने तयारी कम्पनीको छ।

भारतको इतिहासकै सबैभन्दा ठूलो आईपीओ
यो भारतको सबैभन्दा ठूलो आईपीओ बन्ने प्रबल सम्भावना रहेको छ । कम्पनीको मूल्यांकन १०० देखि १२० अर्ब अमेरिकी डलर (केही विश्लेषकले १३३ अर्ब डलरसम्म) अनुमान गरिएको छ। यो मूल्यांकनमा जियो भारतको टप-३ मा पर्ने सूचीकृत कम्पनी बन्नेछ। जियो प्लेटफर्म्सले वायरलेस, एंटरटेनमेन्ट, क्लाउड र AI सेवाहरू प्रदान गर्दछ र यसको ५०० मिलियनभन्दा बढी प्रयोगकर्ता छन्।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img