नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकास बैंकको लागि एकिकृत निर्देशन जारी गरेको छ। हाल पूर्वाधार विकास बैंकको रुपमा नेपाल इन्फ्रास्ट्रकचर बैंक निफ्रा मात्र रहेकोले यो व्यवस्था निफ्रालाई मात्र लागु हुनेछ।
निर्देशन अनुसार निफ्राले फेरि Credit Sale/Purchase/Re-purchase तथा Takeover को सुविधा पाएको छ । राष्ट्र बैंकको निर्देशन अनुसार पुँजीकोष पर्याप्त भएमा निफ्राले “क” वर्गका बैंकहरुले प्रवाह गरेका पूर्वाधार सम्बन्धित परियोजनाहरुको Credit Sale / Purchase / Re-purchase तथा Takeover गर्न सक्नेछन् । यस अघि यो व्यवस्था कारोबार सुरु गरेको ४ वर्षसम्मलाई मात्र दिईएको थियो, जुन निष्क्रिय भईसकेको थियो । अब भने फेरि निफ्राले यो सुविधा पाएको हो ।
नयाँ व्यवस्था अनुसार निफ्राले २०८५ असार मसान्तसम्म आफ्नो अघिल्लो त्रयमासमा कायम रहेको कुल कर्जा सीमाको अधिकतम एक तिहाइ मात्र Credit Sale / Purchase / Re- purchase तथा Takeover गर्न सक्ने छ। २०८५ असार मसान्तपछि भने यस किसिमको Credit Sale /Purchase/Re-purchase तथा Takeover सम्बन्धी व्यवस्था स्वतः निष्क्रिय हुने छ ।
अर्थात् निष्क्रिय भईसकेको अवस्थाबाट निफ्राले २०८५ असारसम्मको लागि फेरि यो सुविधा पाएको हो।













