Wednesday, July 1, 2026
spot_img

‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजन सुरु हुँदै, आवेदन खुल्यो

spot_img
spot_img

विश्व प्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’ को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’ को दोस्रो सिजन पनि प्रसारण हुने भएको छ। नेपालका लागि उत्पादन तथा प्रसारण सर्वाधिकार प्राप्त गरेको हिमालय टेलिभिजनले दोस्रो सिजन प्रसारण गर्ने जानकारी दिदै अडिसन खुलाएको छ ।

शार्क ट्यांकमा सहभागी भएर शार्कहरुबाट लगानी जुटाउन चाहनेले अनलाइन आवेदन दिनु पर्ने छ । आवेदनमा कस्तो खालको व्यवसाय हो, को को संस्थापक हुन् , हालसम्म कति लगानी गरिएको छ, व्यवसायको बिक्री कति छ, शार्क ट्यांकबाट कति रकम लगानीको अपेक्षा गरिएको छ लगायतमा विवरण उल्लेख गर्नु पर्ने छ।

त्यसपछि शार्क ट्यांकको टिमले निश्चित व्यवसाय छनौट गरेर शार्क ट्यांकमा सहभागी हुन बोलाउछ। जसमा सहभागीहरुले शार्कहरुलाई आफ्नो व्यवसायबारे पिच गरेर लगानीको लागि आग्रह गर्नु पर्छ। कार्यक्रम प्रसारण नहुँदासम्म संस्थापकहरुले आफुले लगानी पाएको/नपाएको विषय सार्वजनिक गर्न पाउने छैनन् ।

शार्क ट्यांकको पहिलो सिजनमा शार्कको रुपमा आईएमई ग्रुपका सहसंस्थापक हेमराज ढकाल, अग्नी ग्रुपका संस्थापक क्याविनेट श्रेष्ठ, बैद्य अर्गनाइजेसनकी निर्देशक ऋतुसिंह बैद्य, निम्बस ग्रुपका प्रबन्ध निर्देशक आनन्द बगरिया र पद्दम ज्योति ग्रुपका निर्देशक शौरभ ज्योति अनुवन्ध थिए ।

पहिलो सिजनमा हेमराज ढकालले १४ वटा व्यवसायलाई १२ करोड, क्याबिनेट श्रेष्ठले १७ वटा व्यवसायलाई ९.९ करोड, आनन्द बगरियाले ११ वटा व्यवसायलाई ५.८ करोड, सौरभ ज्योतिले १५ वटा व्यवसायलाई ५.५ करोड र ऋतु सिंह वैद्यले ८ वटा व्यवसायलाई ४ करोड लगानी गरेका थिए।

सन् २००१ मा जापानको निप्पोन टिभीमा ‘मनी टाइगर्स’को रूपमा सुरु भएको यो शो अहिले विश्वकै सबैभन्दा ठूलो व्यवसायिक रियलिटी टिभी शो बन्न पुगेको छ । ५० भन्दा बढी देशमा प्रसारण हुँदै आएको यो शोलाई सोनी पिक्चर्स टेलिभिजनले विश्वभर वितरण गर्दै आएको छ ।

यो कार्यक्रम अमेरिका, मेक्सिको, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशमा शार्क ट्याङ्कको नामबाट प्रसारण हुँदै आएको छ भने बेलायत, क्यानडा जस्ता मुलुकमा ड्रागन्स डेन नामबाट प्रसारण हुँदै आएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img