राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) आज समानुपातिक सांसदको नाम टुंगो लगाउने भएको छ। पार्टी प्रवक्ता मनिष झाले आज बस्ने पार्टीको बैठकले समानुपातिकतर्फबाट सांसद बन्ने उम्मेदवारको नाम तय गरेर निर्वाचन आयोगमा पठाइने जानकारी दिएका हुन् ।
पार्टीले ५७ जना उम्मेदवार चयन गरेर आयोगमा पठाउनु पर्ने छ। रास्वपाले प्रत्यक्षमा १२५ सिट जितेको छ भने समानुपातिक ५७ जना सांसद हुँदा रास्वपा दुई तिहाई नजिक पुग्ने छ।
पार्टी सभापति रवि लामिछाने अस्वस्थ रहेको अहिले भर्चुअल माध्यमबाट पार्टीको बैठक बसिरहेको छ। बैठकले पार्टीको विधान संशोधनको निर्णय गर्ने पनि बताईएको छ। पार्टीले विधान संशोधन गरेर बरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्ने बाटो खुलाउन लागेको हो।
रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारेर चुनावमा गएको थियो। अबको १० दिन जतिमा सरकार गठन हुने रास्वपाको भनाई छ।












