Saturday, August 8, 2026
spot_img

खुद नाफामा ८ वटा विकास बैंक भन्दा लक्ष्मी सनराइज बैंक पछाडी

spot_img

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो सात महिनाको बैंक तथा वित्तीय संस्थाको मासिक तथ्यांक प्रकाशन गरेको छ । राष्ट्र बैंकले २०८२ साउन देखि २०८२  माघसम्मको अवधिको बैंक तथा वित्तीय संस्थाको विभिन्न विवरण र सूचक प्रकाशन गरेको छ  ।

प्रकाशित विवरण अनुसार यस अवधिको खुद नाफामा कतिपय वाणिज्य बैंक भन्दा विकास बैंकहरु अगाडि देखिएको छ । यस अवधिमा लक्ष्मी सनराइज बैंकको खुद नाफा सबैभन्दा कम अर्थात् २४ करोड २७ लाख रहेको छ। त्यस्तै एनआईसी एशिया बैंकले ४४ करोड ३० लाख खुद नाफा कमाउँदा सिटिजन्स बैंकले ५७ करोड ६९ लाख खुद नाफा कमाएका छन् । तर यी बैंकको भन्दा कतिपय राष्ट्रिय स्तरको विकास बैंकहरुको नाफा धेरै देखिएको छ ।

चालु आर्थिक वर्षको पहिलो ७ महिनामा मुक्तिनाथ विकास बैंकले सबैभन्दा धेरै ८२ करोड १५ लाख खुद नाफा कमाएको छ। त्यस्तै गरिमा विकास बैंकले ७७ करोड ९४ लाख , तथा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले ५१ करोड ८२ लाख खुद नाफा कमाएको छ। कामना सेवा विकास बैंकले ४७ करोड ६० लाख, शांग्रिला डेभलपमेन्ट बैंकले ३५ करोड ७६ लाख, ज्योति विकास बैंकले ३८ करोड ५६ लाख, महालक्ष्मी विकास बैंकले २८ करोड ३४ लाख तथा लुम्बिनी विकास बैंकले २६ करोड ४८ लाख खुद नाफा कमाएको छ । राष्ट्रिय स्तरका विकास बैंकतर्फ लुम्बिनी खुद नाफा सबैभन्दा कम हो । तर लक्ष्मी सनराइज बैंकको खुद नाफा भने लुम्बिनीको भन्दा पनि कम अर्थात् २४ करोड २७ लाख मात्र रहेको छ ।

हेर्नुस् खुद नाफाको आधारमा गरिएको तुलनात्मक विवरण 

 

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img