Wednesday, July 1, 2026
spot_img

६ महिनाभित्र पासपोर्ट चाहिने भए अहिले नै लिन आग्रह

spot_img
spot_img

राहदानी विभागले आगामी ६ महिनाभित्रमा राहदानी चाहिन सक्ने सेवाग्राहीलाई अहिले नै राहदानी लिने प्रक्रिया थाल्न आग्रह गरेको छ । विभागले सूचना जारी गर्दै आगामी ६ महिनासम्म ( अर्थात् २०८३ असोज भित्रमा ) राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीले अहिले नै नियमानुसार सम्बन्धित जिल्ला / इलाका प्रशासन कार्यालय वा विदेशस्थित नेपाली नियोग वा राहदानी विभागबाट राहदानी सेवा लिन आग्रह गरेको हो।

विभागका अनुसार विभागले राहदानी खरिदका लागि नयाँ आपूर्तिकर्तासँग सम्झौता गरी नयाँ प्रणाली मार्फत राहदानी जारी गर्न राहदानी प्रणाली, राहदानी पुस्तिका लगायतको आवश्यक तयारी गरिसकेको छ । अबको एक-दुई महिना भित्रमा हालको प्रणालीबाट नयाँ प्रणालीमा बदली (Switch) हुने र उक्त अन्तरिम अवस्थामा प्रणाली स्थिरीकरण (Stabilization ) नभएसम्म  जिल्ला / इलाका प्रशासन तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा १ देखि ३ हप्तासम्म बन्द हुन सक्ने विभागले जनाएको छ ।

त्यस्तै राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा करिब १ हप्तासम्म बन्द हुन सक्ने तथा नयाँ प्रणाली कार्यान्वयन भएपश्चात् प्रणाली स्थिरीकरण (Stabilization) हुन १ देखि ३ महिना सम्म लाग्ने सक्ने विभागले उल्लेख गरेको छ । त्यस कारण उक्त अन्तरिम अवधिमा जिल्ला / इलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट आवेदन दिँदा राहदानी तयार भई जारी हुन हालको भन्दा बढी समय लाग्न सक्ने विभागले जनाएको छ।

सोहि कारण विभागले आगामी ६ महिनासम्म राहदानी आवश्यक पर्न सक्ने सेवाग्राहीलाई अन्तरिम अवस्था शुरु हुनु अघि नै राहदानी लिन आग्रह गरेको हो। नयाँ प्रणाली शुरु हुने मिति तथा उक्त अवधिमा गरिने व्यवस्थाका सम्बन्धमा अर्को सूचना मार्फत जानकारी गराइने विभागले जनाएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

राराको दृश्यावलोकनका लागि परिचित मुगुको मुर्माटपमा टेलिकमको फोरजी सेवा सुरु

नेपाल टेलिकमले मुगु जिल्लामा अवस्थित प्रसिद्ध पर्यटकीय स्थल रारातालको...

कामना सेवा विकास बैंकले पायो ‘Best Presented Annual Report’ अवार्ड

कामना सेवा विकास बैंक लिमिटेड नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था...

नेपाल प्रवेश गरेको १२ दिनपछि देशैभरि फैलियो मनसुन

आज असार १६ गते यस वर्षको मनसुन प्रणाली देशैभर...

चिया निर्यातमा भारतीय अवरोध हट्यो

झण्डै २ महिनादेखि रोकिएको नेपाली चियाको निर्यात पुनः सुरु...

गैर बैंकिङ सम्पत्तिको व्यवस्थापनको लागि एउटा मात्र AMC कम्पनी खुल्ने, तयारी तिब्र

सरकारले समयसीमा नै तोकेर आगामी आर्थिक वर्षको बजेट मै...

तोलामै ४५ सयले घट्यो सुनको भाउ

आज मंगलबार सुनचाँदीको भाउ घटेको छ । सोमबार प्रतितोला...
spot_img