नेपाल स्टक एक्सचेन्ज नेप्सेमा आज मंगलबार दुई वटा कम्पनीको बोनस शेयर सूचीकृत भएको छ। आज घोराही सिमेन्ट र हिमालयन लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो ।
आज घोराही सिमेन्टको १० प्रतिशतले हुन आउने ४५ लाख ६७ हजार ६ सय ८५ दशमलव ७० कित्ता बोनस शेयर र हिमालयन लघुवित्तको ६.६५ प्रतिशतले हुन आउने २ लाख १२ हजार ६ सय ७९ दशमलव ०५६६ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएसंगै आफ्नो डिम्याट खातामा आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्री गर्न सक्ने छन्।













