सरकारले विक्रम संवत २०८३ सालमा दिईने सार्वजनिक विदा निर्धारण गरेको छ। फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकले विक्रम संवत २०८३ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म दिइने सार्वजनिक बिदा निर्धारण गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् गृह मन्त्री ओम प्रकाश अर्यालले जानकारी दिए ।
त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा निर्वाचन प्रहरीलाई उपचारमा लागेको खर्च नेपाल सरकारले व्यहोर्ने, साथै सो अवधिमा निजहरूको मृत्यु भएमा निजको आश्रित परिवारलाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। बैठकले चीन सरकारबाट प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि प्रदान गर्ने प्रश्तावित ४ मिलियन अमेरिकी डलर बराबरको नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय पनि गरेको छ।
बैठकले २०८२ फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ को सन्दर्भमा २०८२ फागुन २० गतेदेखि २२ गतेसम्म ३ दिन मुलुकभर सार्वजनिक बिदा दिने निर्णय पनि गरेको छ ।
यस्ता छन् बैठकका २५ निर्णय














