Wednesday, August 12, 2026
spot_img

टक्सार पिखुवा खोलाले फागुन २७ गतेदेखि आईपीओ निष्काशन गर्ने

spot_img

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले फागुन २७ गतेदेखि पहिलो चरणको आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले आयोजना प्रभावित भोजपुर जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले स्थानीयलाई १२ लाख कित्ता शेयर निष्काशन गर्ने छ। यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र ११ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र २६ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ३ लाख ३ हजार ६७ कित्ता शेयर निष्काशन गर्ने छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र १ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई २५ लाख १५ हजार ४ सय ५५ कित्ता शेयर निष्काशन गर्ने छ।   

धितोपत्र बोर्डले फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो। यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ ।  कम्पनीका अध्यक्ष अजय बल्लभ पन्त हुन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वैदेशिक लगानी इन्फ्लोमा नेपालको अवस्था एकदमै कमजोर छ: कार्यकारी निर्देशक तिमिल्सिना

नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित...

धितोपत्र बोर्डद्वारा प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक

नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार नीति, २०८३...

कानुनी स्पष्टता र सुरक्षा नहुँदा लगानीकर्तामा डर र अविश्वास बढेको छ: अध्यक्ष वैद्य

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु...

थुनेर दुःख दिनुको साटो कानुन स्पष्ट पारियो भने उद्यमीको मनोबल फर्कन्छ : सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले लगानीको माग...

नेपालमा DONGFENG बस सार्वजनिक, मूल्य १.१४ करोड

हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी...

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...
spot_img