पोखरा विमानस्थल निर्माणमा भएको भनिएको भ्रष्टाचार सम्बन्धि मुद्दामा अदालतले एक पूर्वसचिवलाई डेढ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ ।
विशेष अदालतका सदस्यहरु नारायणप्रसाद पौडेल, उमेश कोइराला र विदुर कोइरालाको इजलासले पूर्वसचिव सुशील घिमिरेलाई डेढ लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो ।
अख्तियारले मंसिर २१ गते पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचार भएको दाबी गर्दै पाँच पूर्वमन्त्रीहरुसहित ५६ जना विरुद्ध भ्रष्टाचारमुद्दा दायर गरेको थियो ।












