उपभोक्ता अदालतको अध्यक्षमा डा. दिवाकर भट्ट नियुक्त भएका छन् । न्यायपरिषद्को सिफारिस अनुसार मंगलबारको मन्त्रिपरिषद् बैठकले जिल्ला न्यायाधीश भट्टलाई उपभोक्ता अदालतको अध्यक्ष तोकेको हो ।
उनीसँग एक दशकभन्दा बढी समय न्याय सेवाको सरकारी वकिलको रुपमा काम गरेको अनुभव छ । त्रिभुवन विश्वविद्यालयबाट कानूनमा स्नातकोत्तर (एलएलएम) गरेका उनले फौजदारी कानूनमा विद्यावारिधी गरेका छन् ।
भट्टले हङकङ विश्वविद्यालय हङकङबाट अन्तराष्ट्रिय कानून र मानव अधिकारमा समेत अध्ययन गरेका छन् ।












