Wednesday, August 12, 2026
spot_img

एपोलो हाइड्रोपावरको पहिलो चरणको आईपीओ आजदेखि

spot_img

एपोलो हाइड्रोपावर लिमिटेडले आज फागुन ११ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित ओखलढुंगा र रामेछापका जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गरेको हो। कम्पनीले स्थानीयलाई ४ लाख ७० हजार कित्ता शेयर निष्काशन गरेको छ। जस मध्ये २ लाख ३५ हजार कित्ता उच्च प्रभावित क्षेत्र अर्थात ओखलढुङ्गा जिल्ला, खिजिदेम्बा गा.पा. वडा नं. ७ र ८ का स्थानीयलाई निष्काशन गरिएको छ। त्यस्तै १ लाख ४१ हजार कित्ता शेयर मध्यम प्रभावित क्षेत्र अर्थात सोलुखम्बु जिल्ला लिखुपिके गा.पा. वडा नं. २ र रामेछाप जिल्ला उमाकुण्ड गा.पा. वडा नं. ३ का स्थानीयलाई निष्काशन गरिएको छ। ९४ हजार कित्ता शेयर भने न्युन प्रभावित क्षेत्र अर्थात रामेछाप जिल्ला उमाकुण्ड गा.पा. वडा नं. २ र गोकुलगंगा गा.पा. वडा नं. १ का स्थानीयलाई निष्काशन हुने छ।

यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ४७ हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा फागुन २५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र १० गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई ९४ हजार कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ९४ हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा फागुन १४ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।  शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले माघ २० गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । यस कम्पनीले कुल १४ करोड  १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

कम्पनीले ओखलढुंगा र सोलुखुम्बुको सिमानामा पर्ने बुकु खोलामा ६ मेगावाट क्षमताको बुकु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ। कम्पनीको अध्यक्ष आङ तेन्जी शेर्पा हुन् भने अन्य संचालकमा डिल्ली बहादुर गुरुङ, रेनुका गुरुङ, धन बहादुर बस्नेत, राजेन्द्र गुरुङ, रोजेन कुमार श्रेष्ठ र स्वतन्त्र संचालकमा विष्णु प्रसाद अधिकारी रहेका छन्।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

वैदेशिक लगानी इन्फ्लोमा नेपालको अवस्था एकदमै कमजोर छ: कार्यकारी निर्देशक तिमिल्सिना

नेपालमा प्रशासनिक जटिलताका कारण प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) अपेक्षित...

धितोपत्र बोर्डद्वारा प्राथमिक पूँजी बजार सुधार नीति सार्वजनिक

नेपाल धितोपत्र बोर्डले प्राथमिक पूँजी बजार सुधार नीति, २०८३...

कानुनी स्पष्टता र सुरक्षा नहुँदा लगानीकर्तामा डर र अविश्वास बढेको छ: अध्यक्ष वैद्य

नेपाल अटोमोबाइल इम्पोटर्स एण्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) की अध्यक्ष ऋतु...

थुनेर दुःख दिनुको साटो कानुन स्पष्ट पारियो भने उद्यमीको मनोबल फर्कन्छ : सीइओ ज्ञवाली

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले लगानीको माग...

नेपालमा DONGFENG बस सार्वजनिक, मूल्य १.१४ करोड

हिमालयन अर्गनाइजेशन अन्तर्गत रहेको आयाम इन्टरकन्टिनेन्टलले चीनको बहुप्रतिष्ठित कम्पनी...

FDI मा नयाँ आयाम: एनआरएन फण्डलाई आइपीओको बाटो खुल्यो, ५० अर्ब भित्र्याउने लक्ष्य

गैरआवासीय नेपालीहरुको अगुवाईमा स्थापना भएको एनआरएन नेपाल डेभलपमेन्ट फण्ड...
spot_img