आइजीआई प्रुडेन्शियल इन्स्योरेन्सको केन्द्रीय कार्यालय आफ्नै भवनमा सर्ने भएको छ। कम्पनीको केन्द्रीय कार्यालय हाल भिम प्लाजा, नक्साल, काठमाडौंमा रहेको छ।
अब भने कम्पनीले काठमाडौँ महानगर वडा नम्बर ३ पानिपोखरीमा आफ्नै व्यवसायिक भवन निर्माण सम्पन्न गरेको छ। कम्पनीले २०८२ फागुन १४ गतेका दिन देखि सोहि भवनबाट केन्द्रीय कार्यालयको काम कारवाही सञ्चालन गर्ने गरि केन्द्रिय कार्यालय स्थानान्तरण गर्ने निर्णय गरेको छ ।
कम्पनीको माघ २५ गतेको संचालक समितिको बैठकले यो निर्णय गरेको हो। नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणबाट स्वीकृति प्राप्त भएपछि कम्पनीको केन्द्रीय कार्यालय स्थानान्तरण हुन लागेको हो ।













