Monday, May 4, 2026
spot_img
spot_img

पुँजीबजारबारे एमालेले घोषणापत्रमा के भन्यो ?

spot_img
spot_img

नेकपा एमालेले आगामी चुनावको लागि आफ्नो घोषणापत्र सार्वजनिक गरेको छ । पार्टीले सार्वजनिक गरेको घोषणापत्रको २० नम्बर बुँदामा वित्तीय प्रणालीबारे उल्लेख छ ।

जसमा एमालेले पूँजी बजारको प्रभावकारी नियमन, सुधार तथा विस्तार गरी लगानीका लागि स्वपूँजी र दीर्घकालीन ऋण परिचालन गर्ने भनेको छ। त्यस्तै शेयर लगानीकर्ताको हित संरक्षण गर्ने उल्लेख गरेको छ। सामाजिक सुरक्षा कोष, सञ्चय कोष, नागरिक लगानी कोष, निक्षेप तथा कर्जा सुरक्षण कोष लगायतका सम्झौतित बचत परिचालन गर्ने संस्थाको प्रभावकारी नियमन गर्ने एमालेको घोषणापत्रमा उल्लेख छ ।

त्यस्तै वित्तीय सेवालाई पूर्ण डिजिटल बनाउने, डिजिटल मुद्रा सञ्चालनमा ल्याउने , वित्तीय प्रणालीमा साइबर अपराध नियन्त्रण गर्ने, नियोजितरूपमा ऋण नतिर्ने प्रवृत्तिलाई रोक्ने, तथा सानोतिनो ऋणको आवश्यकता वित्तीय प्रणालीमार्फत् उपलब्ध गराई मिटरव्याजी समस्या हल गर्ने विषय एमालेले घोषणापत्रमा समेटेको छ ।

यसको अलावा हाईब्रिड एन्यूटी, व्लेण्डेड तथा भेञ्चर क्यापिटल, क्राउड फण्डिङ्ग, प्राइभेट इक्विटी, डायस्फोरा वण्ड, हरित वण्ड, जलवायु वित्तलगायतका वैकल्पिक वित्तको प्रबन्ध गरी उच्च आर्थिक बृद्धिका लागि पूँजी लगानीको आवश्यकता पुरा गर्ने विषय पनि एमालेले घोषणापत्रमा राखेको छ ।

त्यस्तै एमालेले घोषणापत्रमा वैदेशिक रोजगारीबाट प्राप्त हुने विप्रेषणको उत्पादनशील क्षेत्रमा उपयोग गर्न व्यवसायिक कृषि, साना मझौला उद्योग व्यवसाय तथा शेयर बजारमा लगानीका अवसर सिर्जना गर्नेछौं । विदेशी मुद्रा सञ्चिति उच्च प्रतिफल प्राप्त हुनेगरी सुरक्षित र लाभप्रद लगानी गर्ने उल्लेख गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको घर र कार्यालयमा छापा

सम्पत्ति सुद्धीकरण अनुसन्धान विभागले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको...

राजस्व नघट्ने गरि सबै करका बोझहरु आगामी बजेटबाट घटाउँछु: अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेटबाट सबै करका बोझहरु...

५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार गर्ने सरकारको निर्णय, कहाँ हुन्छ खर्च ?

सरकारले विश्व बैंकबाट ऋण र अनुदान रकम स्वीकार गर्ने...

भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल खरिद गर्ने सरकारको निर्णय

सरकारले भारतसँग जीटुजी माध्यमबाट ८० हजार मेट्रिक टन मल...

राष्ट्रपतिबाट फिर्ता भएको अध्यादेश हुबहु जारी गर्नको लागि सरकारले फेरि गर्यो सिफारिस

राष्ट्रपतिबाट फिर्ता भएको संवैधानिक परिषद् (पहिलो संशोधन) अध्यादेश २०८३...

उर्जाको अनुभवलाई महासंघमार्फत नीति निर्माणको तहमा लैजाने तयारीमा बटु

उर्जा उद्यमी बटु लामिछाने नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रीय...
spot_img