Sunday, June 28, 2026
spot_img

स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम

spot_img
spot_img

 

नेपाल उद्योग वाणिज्य महासंघले अन्तर्राष्ट्रिय श्रम संगठनको सहकार्यमा स्याहार अर्थतन्त्रको सान्दर्भिकता विषयक रोजगारदाता तालिम आयोजना गरेको छ । निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिम कैलालीको धनगढीमा बुधवार सुरु भएको छ ।

बुधवार वाट सुरुभएको तालिम तीन दिन सम्म चल्नेछ । अन्तर्राष्ट्रिय श्रम संगठन (सशक्त महिला सम्वृद्ध नेपाल) परियोजना र नेपाल उद्योग वाणिज्य महासंघ काठमाडौ विच भएको सम्झौता वमोजिम नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको आयोजनामा तीन दिने तालिमा सुरु भएको हो ।

निजी क्षेत्रमा स्याहार अर्थतन्त्रको सान्र्दभिकता विषयक रोजगारदाता तालिमको उद्घाटन सत्रको अध्यक्षता नेपाल उद्योग वाणिज्य महासंघ सुदुरपश्चिम प्रदेशको कार्यसमिति सदस्य तथा लम्की उद्योग वाणिज्य संघको अध्यक्ष पदमराज चौलागाईले गरेका थिए कार्यक्रमको प्रमुख अतिथि नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रिय सदस्य तथा महिला उद्यमी विकास समिति संयोजक श्री कमला श्रेष्ठले गरेकी थिइन्।

कार्यक्रममा उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराई तथा सामाजिक विकास मन्त्रालयका निमित्त सचिव गगन देव भट्टको पनि आतिथ्यका रुपमा उपस्थिति रहेको थियो । तीन दिन सम्म संचालन हुने तालिमको उदेश्य र नेपाल उद्योग वाणिज्य महासंघको परिचय सहितको भनाई महासंघका सहायक निर्देशक हरि पौडेलले राखेका थिए। तीन दिनसम्म संचालन हुने तालिमको प्रमुख प्रशिक्षकको रुपमा आस्था भट्ट रहेकी छिन् ।

प्रमुख अतिथिले उदघाटन सत्रमा स्याहार अर्थतन्त्रमा अव सरकार र निजिक्षेत्र गम्भिर भएर यसको आवश्यक कार्यविधि वनाई प्रत्यक्ष आर्थिकमा नजोडिएको तर ठुलो हिस्सा अर्थतन्त्र र आर्थिक क्रियाकलाप संग जोडिएको विषय भएको हुदा अव स्याहार अर्थतन्त्रलाई राष्ट्रको विषय वनाउन आवश्यक रहेको र यसलाई सहजिकरण र आवश्यक सहयोग गर्न निजी क्षेत्र तयार रहेको विषय जानकारी गराएका थिए।

तीन दिनसम्म संचालन हुने उक्त तालिममा सुदुरपश्चिमका उद्योगी व्यवसायी सरकारी तथा गैरसरकारी गरी जम्मा ३० जनाको सहभागिता रहेको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

नाडा स्थापनाको ५० वर्षः काठमाडौँमा ‘वाकाथन’सहित स्वर्ण उत्सव समारोह सम्पन्न

अटोमोबाइल्स व्यवसायीको छाता संस्था नाडा अटोमोबाइल्स एसोसियशन अफ नेपाल...

अनुकुल श्रेष्ठ बने एनवाइईएफ ललितपुर च्याप्टरको अध्यक्ष

नेपालिज यङ इन्टरप्रेनर्स फोरम (एनवाईइएफ) ललितपुर च्याप्टरको अध्यक्षमा अनुकुल...

काठमाडौँमा फैलिँदै बर्डफ्लू, हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि

काठमाडौँ उपत्यकामा बर्डफ्लू संक्रमणले तीव्र रुप लिएको छ ।...

ग्लोबल आइएमई बैंकद्वारा उद्यमशाला कार्यक्रमको घोषणा, आवेदन खुल्ला

ग्लोबल आइएमई बैंकले मुलुकमा उद्यमशिलताको विकास र साना तथा...

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...
spot_img