Wednesday, July 1, 2026
spot_img

वर्ल्डलिंकद्वारा कालिकोटको स्वास्थ्य चौकीमा सौर्यप्रणाली हस्तान्तारण, विद्यार्थीलाई अंग्रेजी कक्षा

spot_img
spot_img

वर्ल्डलिंक कम्युनिकेसन लिमिटेडले कालिकोटको पचालझरना गाउँपालिका–७ स्थित नानीकोट आधारभूत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली तथा औषधि भण्डारणका लागि डीप–फ्रिज जडान गरिदएको छ । कम्पनीले सामाजिक उक्तरदायित्व अन्तर्गत स्वास्थ्यचौकीमा सौर्य ऊर्जा प्रणाली र डीप फ्रिज जडान गरेको हो ।

नानीकोट स्वास्थ्यचौकीमा विगतदेखि गुणस्तरीय फ्रिजको अभाव र नियमित विद्युत् आपूर्तिको कमीका कारण औषधिको सुरक्षित भण्डारण तथा स्वास्थ्य सेवा सञ्चालनमा समस्या हुँदै आएको थियो । स्वस्थ्यचौकीमा देखिएको समस्याको दीर्घकालीन समाधानका रूपमा वर्ल्डलिंकले ३ किलोवाट क्षमताको सौर्य प्रणालीसहित डीप–फ्रिज जडान गरी स्वास्थ्यचौकीलाई हस्तान्तरण गरेको हो । यसबाट औषधि, खोप तथा अन्य संवेदनशील सामग्री सुरक्षित राख्न सहज हुने विश्वास लिइएको कम्पनीकी सामाजिक उत्तरदायित्व विभागकी निर्देशक अनुपा भण्डारी जालानले बताएकी छिन् ।

जालानले ग्रामीण स्वास्थ्य सेवा सुदृढीकरणमा कम्पनी प्रतिवद्ध रहेको बताइन् । उनले प्रविधि र पूर्वाधारसँगै तथा स्वास्थ्य क्षेत्रको गुणस्तर सुधारलाई पनि कम्पनीले प्राथमिकतामा राखेको जानकारी दिइन् ।

यसैबीच, वर्ल्डलिंकले सोही वडा अन्तर्गत रहेको पंगेली देवी माध्यमिक विद्यालयका २५ जना विद्यार्थीहरूलाई वर्ल्डलिंकको सामाजिक उत्तरदायित्व परियोजना अन्तर्गत अनलाइन स्मार्ट बोर्डमार्फत अङ्ग्रेजी भाषा कक्षा पनि सम्पन्न गरेको छ । लोकोपकार संस्थासँगको सहकार्यमा वर्ल्डलिंकले २५ जना विद्यार्थीमा सो कार्यक्रम संचालन गरेको थियो ।

निर्देशक जालानले विद्यालयमा पुगेर कक्षाको स्थलगत अवलोकन गर्दै विद्यार्थीहरूको सिकाइ प्रगति र डिजिटल शिक्षाको प्रभावकारिताबारे जानकारी लिएकी थिइन् । उक्त अवसरमा सहभागी विद्यार्थीहरूलाई प्रोत्साहनस्वरूप प्रमाणपत्र वितरण गरिएको थियो । भर्जुअल माध्यामबाट विद्यार्थीको आत्मविश्वास बढाउन सो कार्यक्रम प्रभावकारी हुने जालानले बताए ।

वर्ल्डलिंकको यस पहलले ग्रामीण स्वास्थ्य सेवा सुधार र डिजिटल शिक्षाको पहुाच विस्तारमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img