आज मंगलबार सुनको भाउ घटेको छ । सोमबार प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५८ हजार ८ सय ३० सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा २५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ८८ रुपैयाँ तोकिएको छ ।













