Wednesday, July 1, 2026
spot_img

महासंघको पहलमा कैलालीमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र र स्तनपान कक्ष स्थापना

spot_img
spot_img

अन्तर्राष्ट्रिय श्रम सङ्गठन नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघद्वारा संचालित सशक्त महिला संवृद्ध नेपाल कार्यक्रमले गोदावरी ६ कैलालीमा रहेको ग्रिन होम प्रा.लि.को परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरेको छ ।

करिब १० लाखको लगानीमा तयारी गरिएको उक्त संरचनामा बालबच्चा भएका महिला कर्मचारीहरूले आफ्ना बालबच्चाको समय–समयमा हेरचाह गर्न पाउने छन् । संरचना भित्र बालबच्चाका लागि पोषणयुक्त खानेकुराको लागि आवश्यक साधन, खेलकुद सामग्रीसहितको व्यवस्था गरिएको छ । यस कक्षमा उनीहरुको लागि उद्योगले सहजकर्ता समेत राख्नेछ ।

सन्तानको हेरचाहको लागि समय दिन नसक्ने कारण देखाउँदै अधिकांश उद्योग–कलकारखानामा काम गर्ने महिला कर्मचारीहरूले काम छोडिरहेको अवस्थामा कैलाली उद्योग वाणिज्य संघका महासचिव दिनेश लम्सालको सो उद्योग परिसरमा शिशु स्याहार, प्राथमिक उपचार केन्द्र तथा स्तनपान कक्ष स्थापना गरिएको हो । कक्षका लागि आवश्यक आन्तरिक आवश्यक सामाग्री महासंघले उपलब्ध गराएको छ ।

स्याहार केन्द्रको उद्घाटन गर्दै नेपाल उद्योग वाणिज्य महासंघका कोषाध्यक्ष भरतराज आचार्यले यस्ता पहलहरूले अवैतानिक हेरचाह कार्यको बोझ कम गर्दै दिगो विकास र जनशक्ति स्थायित्व जस्ता व्यापक लक्ष्यहरूसँग समन्वय गर्ने बताए । “केयर–अर्थतन्त्रको हिस्साका रूपमा निजी क्षेत्रको साझा प्रतिबद्धता अन्तर्गत, उद्योगका कर्मचारी, विशेषगरी महिलाहरूका लागि कार्यस्थलमै बाल हेरचाह केन्द्र स्थापना भएको छ । यसले कामकाजी अभिभावकहरूलाई सहयोग गर्ने साथै लैङ्गिक समानता प्रवद्र्धन गर्नेछ । यो अभ्यासलाई अन्य उद्योगहरुले पनि अनुशरण गर्नु पर्दछ” उनले भने ।

आफ्नो कम्पनीमा बालबच्चाको समस्याको कारण देखाउँदै अनुभवी महिला कर्मचारीहरूले काम छोड्ने समस्या बढ्न थालेपछि उनीहरूको सन्तानलाई पनि राम्रो वातावरण दिने गरी उद्योग परिसरमा शिशु स्याहार केन्द्र स्थापना गरिएको उद्योगका सञ्चालक लम्सालले जानकारी दिए । उनका अनुसार उद्योगमा अहिले ९२ महिला र ३२ पुरुष कर्मचारी छन् ।

उद्योगमै आफ्ना बालबच्चाहरूको हेरचाह गर्न पाउने भएपछि महिला श्रमिकहरु उत्साहित भएको र शिशु स्याहार केन्द्रमा बालबालिकाहरूको खेल्दै सिक्ने प्रक्रिया समेत अघि बढ्ने उद्योग वाणिज्य महासंघका सहायक निर्देशक हरि पौडेलले जानकारी दिए । पौडेलका अनुसार शिशु स्याहार केन्द्र तथा स्तनपान र ड्रेसिङ रुम स्थापनाको लागि उद्योगले भौतिक संरचना उपलब्ध गराएको हो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img