आज सोमबार सुनको भाउ घटेको छ । आइतबार प्रतितोला ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ३ हजार रुपैयाँले घटेर प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ५९ हजार ६ सय रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा १ सय २५ रुपैयाँले घटेर प्रतितोला ४ हजार ८ सय ६० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार १ सय ६७ रुपैयाँ तोकिएको छ ।













