ट्रान्सपरेन्सी इन्टरनेसनलको भ्रष्टाचार अवधारणा सूचकांक २०२५ मा नेपालले जम्मा ३४ अंक पाएको छ । ट्रान्सपरेन्सी इन्टरनेसनलले सार्वजनिक गरेको सूचकांकमा नेपालले ३४ अंक मात्रै पाएको हो ।
गत वर्ष पनि नेपालले ३४ अंक नै पाएको थियो । यो भनेको भ्रष्टाचार नियन्त्रणमा उल्लेखनीय सुधार हुन नसकेको संकेत हो । सूचकांकअनुसार शून्य अंक पाउने मुलुक अत्यधिक भ्रष्ट र १०० अंक प्राप्त गर्ने मुलुक अत्यन्त पारदर्शी मानिन्छ ।
२०२५ को सूचकांकमा विश्वका १८२ देश समेटिएका छन् ।
दक्षिण एसियाली मुलुकहरूमध्ये भूटानले सबैभन्दा बढी ७१ अंक प्राप्त गरेको छ भने भारतले ३९, माल्दिभ्सले ३९, श्रीलंकाले ३५, पाकिस्तानले २८, बंगलादेशले २४ र अफगानिस्तानले १६ अंक प्राप्त गरेका छन् ।
सूचकांकमा डेनमार्क लगातार आठौं वर्ष पनि सबैभन्दा कम भ्रष्टाचार हुने मुलुकका रूपमा ८९ अंकसहित शीर्ष स्थानमा छ । दक्षिण सुडान र सोमालिया समान ९÷९ अंकका साथ सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छन् ।












