टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आईपीओ निष्काशनको अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले आज फागुन १ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो।
बोर्डबाट अनुमति पाएसंगै यस कम्पनीले अब ४२ करोड ३० लाख ६६ हजार ८ सय रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६ सय ६८ कित्ता शेयर निष्काशन गर्ने छ। शेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धक रहेको छ।
यस कम्पनीले भोजपुरमा ८ मेगावाट क्षमताको टक्सार पिखुवाखोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७८ वैशाख १ गते व्यापारिक उत्पादन गरिरहेको छ । कम्पनीका अध्यक्ष अजय बल्लभ पन्त हुन् ।









