आज बिहिबार सुनको भाउ घटेको छ । बुधबार प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १ सय रुपैयाँले घटेर प्रतितोला ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६२ हजार ७ सय ७५ रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय ७८ रुपैयाँ तोकिएको छ ।













