आज बुधबार पनि सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा ११ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६२ हजार ८ सय ६० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ५ हजार २ सय ९० रुपैयाँ कायम भएको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ५ सय ३६ रुपैयाँ तोकिएको छ ।













