Wednesday, May 6, 2026
spot_img
spot_img

खरानीको थुप्रोबाट उठ्दै मिनबहादुर, २ महिनामै पूर्ववत् अवस्थामा फर्कियो कोटेश्वरको भाटभटेनी

spot_img
spot_img

गत चैतमा दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनरत समूहले कोटेश्वरस्थित भाटभेटनी सुपरमार्केट तोडफोड र चोरी ग¥यो । त्यसको केही दिनमै मर्मत सकेर भाटभटेनी पुनः सञ्चालनमा आयो । त्यतिबेला मिनबहादुर गुरुङले भनेका थिए, ‘हामीले वर्षेनी सरकारलाई ट्याक्स तिर्छौँ । त्यो ट्याक्सबाट सरकारले सुरक्षामा खर्च गर्छ । तर, हामीलाई सुरक्षा खोइ ? हाम्रा दशौँ हजार भाइबहिनीको सुरक्षा खोइ ?’

त्यसको करिब ६ महिना पछि गत भदौ २३ र २३ गते भएको जेन् जी आन्दोलनमा पनि भाटभटेनी निशानामा प¥यो । भदौ २३ गते आन्दोलनकारीमाथि तत्कालिन सरकारले गोली चलायो, २१ जना युवाहरु सडकमै ढले । त्यसको आक्रोशमा भदौ २४ गते देशब्यापी तोडफोड र आगजनी भयो । भाटभटेनीका मात्रै १२ वटा आउटलेट पूर्णरुपमा जले । ९ वटा आउटलेट तोडफोड भए । पूर्णरुपमा खरानी भएको मध्ये एक हो, कोटेश्वर आउटलेट ।

एकातिर करोडौँको क्षति, अर्कातिर सुरक्षाको भय र सम्मुखमै आएका दशैँ र तिहार जस्ता ठूला चाड । देशभरीका आउटलेटमा १० हजारको हाराहारीमा रहेका कर्मचारीमा पनि अब भविष्य के होला भन्ने डर थियो । तर, मिनबहादुर गुरुङले हिम्मत हारेनन् । उनले पहिलो निर्णय गरे, ‘एक जना पनि कर्मचारी नहटाउने । उनीहरुलाई दशैँको बोनससहित तलब दिने ।’

यसपछि सामाजिक सञ्जालमा एउटा अभियान चल्यो, ‘यसपटक दशैँ तिहार किनमेल भाटभेटेनीमा’ । यो कुनै संस्थागत अभियान थिएन । केवल पत्रकार नारायण अमृतले फेसबुकमा सुरु गरेका थिए । उनले लेखका थिए, ‘संकटका बेला विवेकको अहम् अर्थ हुन्छ। सानो अनुक्रमको पनि अर्थ हुन्छ । जेनजी आन्दोलमा भएको घुसपैठबाट क्षति बेहोरोको भाटभटेनी उठ्न जरुरी छ । त्यहाँ आश्रित सयौं श्रमजीवीको घरको चुलो बल्न जरुरी छ । उदारमना व्यवसायी मिनबहादुर गुरुङ दाइको आत्मबल उन्नत हुन जरुरी छ । जति सक्छु, गच्छेअनुसार हुने मेरो यसपकटकको चाडबाड किनमेल भाटभटेनीमा हुनेछ ।’

उनलाई साथ दिदै पत्रकार टिकाराम यात्रीले पनि सोही सामग्री शेयर गरेका थिए । त्यसपछि धेरैले उक्त अभियानमा साथ दिए । पत्रकार, कलाकार, अधिकारकर्मीहरु यस अभियानमा जोडिँदै गए ।

…अनि उठ्यो कोटेश्वर भाटभटेनी

मिनबहादुर गुरुङले जेन् जी आन्दोलनको केही दिन पश्चात आफू र आफू नेतृत्वको समूह (लगानीकर्ता) पुनः लगानी गरेर उद्यम व्यवसाय चलाउन तयार रहेको ‘स्ट्रङ स्टेटमेन्ट’ दिए । सार्वजनिक कार्यक्रममा खासै देखिएनन्, एकाध पत्रकारसँग भेट हुँदा पनि पुनः उठ्ने संकल्प सुनाइरहे ।

यहाँ एउटा भनाई स्मरण गरौँ, चैतमा भएको दुर्गा प्रसाईं समूहको आन्दोलनका क्रममा क्षति भएको कोटेश्वर भाटभटेनी मर्मत गरेर सञ्चालन ल्याइएको दिन मिनबहादुरले आफूले ‘एक हप्तामै एउटा भाटभेटेनी बनाउँ’ भन्दा त्यो पूरा गर्ने टिम आफूसँग रहेको बताएका थिए । ‘मैले आज काम थालौँ, एक हप्तामा जसरी पनि तयार गरौँ भन्दा त्यो काम पूरा गर्ने टिम मसँग छ’ उनले आफ्ना कर्मचारी र व्यवस्थापकको प्रशंसा गर्दै भनेका थिए ।

नभन्दै, मिनबहादुरले छोटो समयमै कोटेश्वर भाटभेटनीको पुनःनिर्माण सम्पन्न गरेका छन् । खरानीमा रुपान्तरण भएको कोटेश्वर भाटभटेनी अब पूर्ववत् अवस्थामै फर्किएको छ । भाटभटेनीका सीईओ पानु पौडेलका अनुसार माघ २४ गतेबाट कोटेश्वर भाटभटेनी पूर्ण रुपमा पूरानै स्वरुपमा सञ्चालनमा आउने छ । काम सुरु गरेको २ महिना पनि नपुग्दै कोटेश्वर भाटभटेनी पूर्ववत् अवस्थामै फर्किएको छ ।

खरानीको थुप्रोबाट उठ्दै छौँः मिनबहादुर

जीवनका कयौँ वर्ष लगाएर ठड्याइएका संरचना क्षणभरमै खरानी भएपछि मिनबहादुर यस बीचमा कयौपटक रोएका छन् । हजारौँ पटक भावुक भएका छन् । तर, सँगसँगै खरानीको थुप्रोबाट उठ्ने र अझ बढी योगदान गर्ने संकल्प पनि उत्तिकै गरेका छन् ।

‘अहिले म खरानीको थुप्रोमा उभिएको छु, यसबाट उठ्ने संकल्प र प्रयास गर्दैछु’ मिबहादुरले बिजनेश पानासँग भने, ‘मसँग काम गर्ने १० हजार जना मेरा परिवार हुन् । ग्राहक, उपभोक्ता र सद्भाव राख्ने लाखौँ लाख नेपालीहरु मेरा अफन्त र इष्टमित्र हुन् ।’

उनका अनुसार कोटेश्वर भाटभटेनी यति छिट्टै तयार हुनुमा दैनिक खटिएका साढे ५ सय जना श्रमिकको योगदान अविस्मरणीय छ । हरेक दिन बिहान ७ बजेदेखि राती ११ बजेसम्म दैनिक ५ सय ५० जना श्रमिकहरु खटेर कोटेश्वर भाटभेटनीलाई यति चाँडै सञ्चालयोग्य बनाएको गुरुङ बताउँछन् ।

उनका अनुसार महाराजगञ्ज भाटभटेनीको पुनःनिर्माण पनि सुरु भइसकेको छ । अबको दुइ महिनामा यो पनि तयार हुनेछ । ‘भौतिक रुपमा हुने आक्रमण, तोडफोड र आगजनीले सम्पत्तिको नाश गर्छ, व्यक्तिलाई पनि निराश त बनाउँछ, तर मनोबल चाहिँ गिराउन सक्दैन’ गुरुङ भन्छन्, ‘अब भाटभेटेनी अझै सशक्त भएर अघि बढ्छ ।’

स्मरण रहोस्, भाटभटेनी सुपरमार्केट नेपाल सरकारलाई सबैभन्दा धेरै कर तिर्ने संस्था हो । वस्तु व्यापार व्यवसायतर्फ सबैभन्दा बढी आयकरमा भाटभटेनी सुपरस्टोर पहिलो नम्बरमा रहेको छ । हरेक वर्ष उत्कृष्ट करदाताका रुपमा सम्मानित हुँदै आएको भाटभटेनी आर्थिक वर्ष २०८१/०८२ को पनि शीर्ष करदाताका रुपमा गत मंसिर १ गते सम्मानित भएको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

पार्टी खोलेको दुई वर्ष मै तमिलनाडुको मुख्य मन्त्री बन्दै विजय थालापती

भारतको तामिलनाडु विधानसभा निर्वाचन २०२६ मा अभिनेताबाट राजनीतिज्ञ बनेका...

प्रधानन्यायाधीश सिफारिस गर्न प्रधानमन्त्रीले बोलाए संवैधानिक परिषद्को बैठक

संवैधानिक परिषदका अध्यक्ष रहेका प्रधानमन्त्री वालेन्द्र शाहले संवैधानिक परिषद्को...

बहालवाला उपाध्यक्षलाई भारी मतान्तरले हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...

होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न, पुँजी वृद्धि प्रस्ताव पारित

होटेल सब्रिना लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ ।...

महासंघको केन्द्रीय सदस्यमा अविज्ञा र जुना निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट महिला केन्द्रीय सदस्यमा जुना...

बहालवाला उपाध्यक्षलाई हराउँदै एसोसियट उपाध्यक्षमा प्रबलजंग पाण्डे निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघको एसोसियट तर्फको उपाध्यक्षमा उद्योगी प्रबलजंग...
spot_img