Thursday, July 2, 2026
spot_img

फेसबुकले पुरा गर्यो २२ वर्ष, आईपीओ ल्याएको १२ वर्षपछि दिएको थियो पहिलो लाभांश

spot_img
spot_img

विश्वको सबैभन्दा लोकप्रिय सोसल मिडिया प्लेटफर्म फेसबुकले २२ वर्ष पुरा गरेको छ। सन् २००४ मा सुरु भएको यो प्लेटफर्मले आज विश्वभरका अर्बौं मानिसहरूलाई जोड्ने माध्यम बनेको छ। यसको यात्रा एक कलेज विद्यार्थीको विचारबाट सुरु भएको थियो र अहिले यो टेक्नोलोजीको क्षेत्रमा एक विशाल साम्राज्य बनेको छ।

फेसबुकको सुरुवात सन् २००४ को ४ फेब्रुअरीमा भएको थियो, जब हार्वर्ड विश्वविद्यालयका विद्यार्थी मार्क जुकरबर्ग र उनका साथीहरू एडुआर्डो सेभरिन, एन्ड्रिउ म्याककोलम, डस्टिन मोस्कोभिट्ज र क्रिस हग्सले “द फेसबुक” नामक वेबसाइट सुरु गरेका थिए। यो सुरुमा हार्वर्डका विद्यार्थीहरूबीच कनेक्ट हुनका लागि मात्र थियो, तर छिट्टै अन्य कलेजहरू र पछि विश्वभर फैलियो। जुकरबर्गले यो प्लेटफर्मलाई एक विश्वव्यापी “फेस बुक” बनाउने कल्पना गरेका थिए, जसले मानिसहरूलाई फोटोहरू सेयर गर्न, अपडेटहरू पोस्ट गर्न र साथीहरूसँग जोडिन सजिलो बनाउँथ्यो।

आज फेसबुकसँग ३.०७ अर्ब मासिक सक्रिय प्रयोगकर्ता छन्, जसले यसलाई विश्वको सबैभन्दा ठूलो सोसल नेटवर्क बनाएको छ। दैनिक रूपमा २.११ अर्ब प्रयोगकर्ताले यसलाई प्रयोग गर्छन्। नेपालमा पनि फेसबुकले लाखौं प्रयोगकर्ताहरूको दैनिक जीवनको हिस्सा बनेको छ, जसले समाचार सेयर गर्न, व्यवसाय प्रवर्द्धन गर्न र सामाजिक मुद्दाहरूमा छलफल गर्न प्रयोग हुन्छ।

सन् २०१२ मा फेसबुकले आफ्नो आईपीओ (इनिसियल पब्लिक अफरिङ) जारी गरेको थियो, जसले कम्पनीलाई पब्लिक बनाएको थियो । फेसबुक (अहिले मेटा प्लेटफर्म्स इंक्, NASDAQ: META) ले सन् २०१२ मा आईपीओ  जारी गरेपछि लामो समयसम्म कुनै  लाभांश दिएन। कम्पनीले आफ्नो नाफालाई व्यवसाय विस्तार, अधिग्रहण र लगानीमा प्रयोग गर्ने नीति अपनाएको थियो।

तर आईपीओ निकालेको १२ वर्षपछि अर्थात् सन् २०२४ देखि मेटाले पहिलो पटक लाभांश दिएको थियो। कम्पनीले २०२४ मा प्रति शेयर $०.५० को त्रैमासिक लाभांश घोषणा गरेको थियो। त्यसपछि सन् २०२५ मा यो बढेर $०.५२५ प्रति शेयर पुगेको छ । यस हिसाबमा कम्पनीले सन् २०२४ मा कुल $२.०० लाभांश दियो भने सन् २०२५ मा कुल $२.१० प्रतिशत लाभांश दियो। यो नगद लाभांश हो।

फेसबुकले सन् २०१२ मा इन्स्टाग्राम खरिद गर्यो भने सन् २०१४ मा ह्वाट्सएप खरिद गर्यो। फेसबुक कुनै अन्य कम्पनीसँग भने मर्ज भएको छैन। सन् २०२१ मा यसको मूल कम्पनी फेसबुक इंकको नाम परिवर्तन गरेर मेटा प्लेटफर्म्स राख्यो, जसले मेटाभर्स र भविष्यका टेक्नोलोजीहरूमा फोकस गर्ने उद्देश्य राखेको छ। फेसबुक एप भने उही नाममा नै चलिरहेको छ।

फेसबुकले विश्वलाई जोड्ने मात्र होइन, तर यसले गोपनीयता, फेक न्यूज र सामाजिक प्रभाव जस्ता चुनौतीहरू पनि सामना गरेको छ। तैपनि, यसको २२ वर्षको यात्राले टेक्नोलोजीको क्षेत्रमा क्रान्ति ल्याएको छ। मेटाका सीईओ जुकरबर्गले भविष्यमा मेटाभर्सलाई थप विकसित गर्ने योजना रहेको बताएका छन्।

यो वार्षिकोत्सवमा फेसबुकले विभिन्न फिचरहरू अपडेट गर्ने र प्रयोगकर्ताहरूलाई थप सुरक्षित बनाउने प्रतिबद्धता गरेको छ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सन नेपाल लाइफलाई “Certificate of Merit” अवार्ड

सन नेपाल लाइफ इन्स्योरेन्सले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)...

ग्लोबल आइएमईको ‘ग्लोबल स्मार्ट प्लस’ एपबाटै खाता ब्लक गर्ने सुविधा

ग्लोबल आइएमई बैंकले डिजिटल बैंकिङ ठगी (फिसिङ र स्क्याम)...

वित्तीय सेवाबाट कति सन्तुष्ट छन् ग्राहक ?, सर्भे गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले वित्तीय ग्राहक सन्तुष्टि सर्वेक्षण, २०८३ (...

क्रिप्टोकरेन्सी कारोबारबाट डोनाल्ड ट्रम्पले कमाए १ अर्ब डलर

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२५ मा क्रिप्टोकरन्सीसम्बन्धी व्यवसायबाट...

बजेट नल्याउने २३ वटा स्थानीय तहलाई मन्त्रालयले सोध्यो स्पष्टीकरण

भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले...

पूर्वमा थपिँदै लक्जरी होटेल ब्राण्ड ‘होलिडे इन’, नेपालकै ठूलो क्यासिनोदेखि भव्य बैंक्वेटसम्म

झापा, विराटनगर, इटहरी लगायतका शहरहरु मुलुककै अर्थतन्त्रका लागि प्रमुख...
spot_img