Monday, August 24, 2026
spot_img
spot_img

देउराली–जनता फार्मास्युटिकल्सले भरतपुरमा औषधि उद्योग खोल्ने, ४ अर्ब ७५ करोड लगानी

spot_img

देउराली–जनता फार्मास्युटिकल्स प्रा.लि.ले नयाँ औषधि उद्योग स्थापना गर्ने भएको छ । कम्पनीले भरतपुरमा ४ अर्ब ७५ करोड लगानी गरेरअत्याधुनिक उद्योग स्थापना गर्ने भएको हो ।

फार्मास्युटिकल्सका कार्यकारी निर्देशक हरिभक्त शर्माले भरतपुर महानगरपालिका–१६ मा उद्योग स्थापना गर्नका लागि प्रारम्भिक काम अघि बढिसकेको जानकारी दिए । उनका अनुसार आगामी २ वर्षभित्रमा निर्माणको काम सक्ने लक्ष्य लिइएको छ ।

आउँदो २ महिनाभित्रमा उद्योगको मुख्य संरचनाको काम अघि बढाउने लक्ष्य रहेको छ । उद्योग स्थापना भइसकेपछि उद्योगमा करिब ५५० जनाले प्रत्यक्ष रोजगारी पाउने छन् ।

देउराली–जनता ३५ वर्षदेखि औषधि उत्पादन गर्दै आएको उद्योग हो । हाल कम्पनीले २९६ प्रकारका औषधि उत्पादन गरिरहेको छ ।

हाल कम्पनीको उद्योग काठमाडौँको टोखामा रहेको छ । टोखामा रहेको उद्योग कम्पनीको पहिलो एकाइ हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img