आज बुधबार सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला २ लाख ९० हजार ३ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १४ हजार ४ सय रुपैयाँले बढेर प्रतितोला ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६१ हजार ३ सय ३० रुपैयाँ तोकिएको छ ।
आज चाँदीको भाउ पनि तोलामा २६५ सय रुपैयाँले बढेर प्रतितोला ५ हजार ६ सय रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ४ हजार ८ सय १ रुपैयाँ तोकिएको छ ।
यसअघि किर्तीमानी उचाईबाट निरन्तर रुपमा घट्न थालेको सुनचाँदीको भाउ पुनः बढ्न थालेको हो ।













