Friday, June 19, 2026
spot_img

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक, ९ जना गायक गायिकाको स्वर

spot_img
spot_img

इसेवाको ब्रान्ड गीत “सबै, सधैं, सँगै” सार्वजनिक भएको छ। इसेवाको १७ औँ वार्षिकोत्सवका अवसरमा इसेवाको आधिकारिक युट्‌यूब च्यानलबाट उक्त गीत सार्वजनिक गरिएको हो।

इसेवाका अनुसार इसेवाको मूल ब्रान्ड नारा “सबै, सधैं, सँगै” मा आधारित यस गीतले आपसी साथ, भरोसा र एकताको भावनालाई उजागर गरेको छ। साथै, यस गीतले परिवर्तन र चुनौतीका बीच पनि एकअर्काको साथमा उभिने सन्देश बोकेको छ। गीतमा एकअर्कालाई साथ दिँदाको मौन शक्ति र सामूहिक एकतालाई उत्सवका रूपमा प्रस्तुत गरिएको छ । आर्थिक गतिविधिलाई सरल, सुरक्षित र सबैका लागि पहुँचयोग्य बनाउने मूल उद्देश्यसहित भुक्तानीसम्बन्धी सेवाहरू प्रदान गर्दै आएको इसेवाले ‘सबैलाई समेट्ने, सधैं साथ दिने र सँगै अघि बढ्ने’ मूल मान्यता  बनाएको छ। ब्रान्ड गीतमा पनि सोही भावना व्यक्त गरिएको इसेवाले जनाएको छ।

विप्लव प्रतीकको शब्दमा रहेको यस गीतमा मनोज कुमार केसीले संगीत भरेका छन् । त्यस्तै, गीतमा नेपालका ९ जना चर्चित गायक गायिकाहरू सुबानी मोक्तान, शीतल मोक्तान, प्रजिना, रोहित जोन क्षेत्री, प्रिजोल नेपाली, रिना गिरी, सुशान्त घिमिरे र प्रवेश कुमार श्रेष्ठले स्वर दिएका छन्। यसै गरी,  गीतमा प्रिन्स नेपालीको सार‌ङ्‌गी वादन रहेको छ।

इसेवाका अनुसार यो गीत कठिन समयदेखि परिवर्तनको यात्रासम्म एकअर्कालाई साथ दिँदै अघि बढ्ने विश्वासको प्रतिनिधित्व हो। यो गीत, साथ र सहकार्यको शक्तिमा विश्वास गर्ने सबैका लागि समर्पित गरिएको इसेवाले जनाएको छ। यो गीत सहज समयमा मात्र नभई अनिश्चित र चुनौतीपूर्ण क्षणहरूमा पनि एकअर्कालाई सधैँ साथ दिने भावनाको कथा हो।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

शेयर लगानीकर्तालाई अनुसन्धानमा तानिन्छौँ कि भन्ने त्रास भएको हुन सक्छ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले शेयरबजारका केही लगानीकर्तामा भय त्रास...

नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोको शेयर सूचीकृत, कुन मूल्यमा हुन्छ सुरुवाती कारोबार ?

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडको...

नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावरको शेयर सूचीकृत, सोमबारबाट कारोबार हुने

नेपाल स्टक एक्सचेन्ज नेप्सेमा याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत...

बिजुलीमा भ्याटः भाडामा बस्नेका लागि थपिन सक्छ अतिरिक्त भार, छुट्टै महसुल कति सम्भव ?

सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेट भाषणमार्फत मासिक...

सतर्कता अपनाउन भन्दै धितोपत्र बोर्डले सबै सूचीकृत कम्पनीलाई पठायो पत्र

नेपाल धितोपत्र बोर्डले सम्पूर्ण सूचीकृत कम्पनीहरुलाई सतर्कता अपनाउन भन्दै...

सुनको भाउमा भारी गिरावट

आज शुक्रबार सुनको भाउ घटेको छ । बिहिबार प्रतितोला...
spot_img