Saturday, August 8, 2026
spot_img

नेपाल एसबिआर्ई बैंकको खुदनाफा १ अर्ब ३ करोड नाघ्यो

spot_img

नेपाल एसबिआई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जस अनुसार बैंकले रु. १.०३ अर्ब खुद नाफा आर्जन गरेकोे छ जुन गत वर्षको सोही अवधिको तुलनामा १४.५६ प्रतिशतको वृद्धि हो ।

बैंकले आफ्नो कुल निष्क्रिय कर्जामा ९१ आधार बिन्दुले सफलतापूर्वक कमी गर्दै २०८२ पौषको अन्त्यमा २.६४% मा ल्याएकोे छ, जुन गत वर्षको सोही अवधिमा ३.५५% रहेको थियो । त्यसैगरि, बैंकले आफ्नो गैर–ब्याज आम्दानी, २०८१ पौषको अन्त्यको तुलनामा ४०.२६% ले उल्लेख्य वृद्धि गर्दै रु.७५.६९ करोड बाट २०८२ पौषको अन्त्यमा रु. १०६.१६ करोड पुर्याएको छ ।

बैंकको पूँजी पर्याप्तता अनुपात, २०८१ पौषको अन्त्यमा १२.८७% बाट वृद्धि गरि २०८२ पौषको अन्त्यमा १४.१२% पुर्याएको छ, जुन १२५ आधार बिन्दुको वृद्धि हो । बैंकले सोही अवधिमा आफ्नो कोष लागत ५.५८% बाट घटाएर ४.२३% मा ल्याउन सफल भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३५ आधार बिन्दुले कम हो ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

समस्याग्रस्त ३ सहकारीका १४८ जना बचतकर्ताले पाए रकम फिर्ता

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त घोषित ३ वटा सहकारीका...

नाट्टा निर्वाचनमा जिश्वा तुलाधर समूहको प्रतिवद्धता सार्वजनिक

नेपाल एसोसियशन अफ टूर एण्ड ट्राभल एजेन्टस् (नाट्टा)को अध्यक्षमा...

५ सरकारी संस्थान र उद्योगबारे जनतालाई प्रधानमन्त्रीको ‘ब्रिफिङ’

५ वटा सरकारी संस्थानबारे प्रधानमन्त्री बालेन्द्र शाहले सामाजिक सञ्जालमार्फत...

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...
spot_img