सिम्रिक एयरले हेलिकप्टर थप गरेको छ । कम्पनीले उच्च पहाडी क्षेत्रमा उडान भर्नेगरी हेलिकप्टर थपेको हो ।
सिम्रिकले विश्व प्रसिद्ध एयरबस कम्पनीको उत्पादन एयरबस एच–१२५ हेलिकप्टर ल्याएको हो । एयरबस एच–१२५ थपिएसँगै सिम्रिक एयरसँग हेलिकप्टर संख्या ४ वटा पुगेको छ ।
कम्पनीका अनुसार थपिएको यो हेलिकप्टर उच्च पहाडी क्षेत्रमा उद्धार, आपतकालीन स्वास्थ्य उपचारका लागि विरामीको सेवा, तीर्थयात्राका उडान र चार्टर उडानमा प्रयोग हुनेछ ।
सिम्रिक एयर नेपालको एक अग्रणी हेलिकप्टर सेवा प्रदायक कम्पनी हो । जसले देशको दुर्गम र पहाडी क्षेत्रहरूमा खासगरी उच्च पहाडी र हिमाली क्षेत्रमा हवाई सेवामार्फत उद्धार, चार्टर सेवाहरू र अरु हवाई सेवा प्रदान गर्दै आएको छ ।









