Saturday, June 27, 2026
spot_img

श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरको साउन अफर: सेवामा ५० प्रतिशतसम्म छुट

spot_img
spot_img

काठमाडौँको लाजिम्पाटमा रहेको श्रीद्धि आइभीएफ एण्ड फर्टिलिटी सेन्टरले हिन्दु महिलाहरुको पवित्र महिना साउनलाई लक्षित गरेर विशेष अफर ल्याएको छ। केन्द्रले साउन महिना भरको लागि विभिन्न सेवामा ५० प्रतिशतसम्मको छुट अफर ल्याएको हो ।

केन्द्रका अनुसार साउन महिनाभर ओपीडी सेवामा ५० प्रतिशत छुट, ट्रान्स भजाइनल अल्ट्रासाउण्ड (टिभीएस) मा २५ प्रतिशत,फार्मेसीमा ५ प्रतिशत र रगत परिक्षणमा १० प्रतिशत छुट प्रदान गरिने छ । त्यस्तै बजारमा उपलब्धताको हिसाबमा दुर्लभ मानिने सर्भिकल क्यान्सरको विरुद्दमा लगाईने ह्युमन पापिलोमा भाइरस (एचपीभी) खोपमा ५ प्रतिशत छुट हुने छ।

केन्द्रमा आउनेहरुलाई थप सुविधा होस् र आउने दम्पतिहरुले निर्धक्क आफ्ना समस्या सुनाउन सकुन् भन्ने उदेश्यले छुट अफर ल्याईएको केन्द्रकी संचालक डा. दिपमाला कार्कीले बताईन्। केन्द्रका अनुसार यी अफर साउन महिनाभरको लागि लागु हुने छ र आवश्यकता अनुसार शनिवार पनि यी सेवा प्रदान गरिने छ। अफरपछि केन्द्रमा आउने सेवाग्राहीको संख्या बढेको डा. कार्कीको भनाई छ।

श्रीद्धि आइभीएफ २०७९ भाद्रबाट संचालनमा आएको हो। निसन्तान दम्पतिहरुलाई आइभीएफ विधिद्वारा सन्तान प्राप्ति गराउने उदेश्यले यो केन्द्र सुरु गरिएको केन्द्रकी संचालक डा. दिपमाला कार्की बताउछिन्। साथै केन्द्रले ओपीडी सेवा पनि प्रदान गरिरहेको छ।

उनका अनुसार विभिन्न उपायद्वारा पनि सन्तान भइरहेका छैनन भने महिलाको डिम्ब र पुरुषको शुत्रकीटलाई निकाली बाहिर ल्याबमा फर्टिलाइजेसन गरेर बच्चा जन्माउने प्रक्रिया नै आइभीएफ हो । कुनै दम्पति निसन्तानको समस्या लिएर केन्द्रमा आउँदा महिला र पुरुषको विस्तृत परिक्षण गरेर आवश्यकता अनुसार उपचार गरिने डा. कार्कीको भनाई छ। उनका अनुसार कुनै दम्पतिको चिकित्सकको सल्लाहपछि प्राकृतिक विधिबाट नै सन्तान जन्मिएको छ भने केहीको हकमा टेस्ट ट्युब बेबीको विधि नै अपनाउनु पर्ने हुन्छ ।

डा. कार्कीका अनुसार विश्वभर नै आइभीएफ विधिको औसत सफलता दर ५० देखि नै ६० प्रतिशत रहेको छ भने श्रीद्धि आइभीएफमा भने यो सफलता दर ७० देखि ८० प्रतिशतसम्म रहेको छ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img