Monday, August 24, 2026
spot_img
spot_img

टिचिङ हस्पिटलद्वारा स्वास्थ्य बीमाको सेवा बन्द

spot_img

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल)ले स्वास्थ्य बीमा सेवा बन्द गर्ने निर्णय गरेको छ । अस्पताल प्रशासनका अनुसार माघ १ गतेदेखि स्वास्थ्य बीमा अन्तर्गतका सम्पूर्ण उपचार सेवा बन्द गर्ने निर्णय भएको हो ।

स्वास्थ्य बीमा बोर्डले अस्पताललाई ४० करोड दाबी भूक्तानी नदिएपछि आर्थिक रुपमा समस्या सिर्जना भएको भन्दै अस्पतालल स्वास्थ्य बीमा सेवा बन्द गर्ने निर्णय गरेको हो । अस्पतालका अनुसार स्वास्थ्य बीमा अन्तर्गतका सेवा दिँदा अस्पतालले मासिक ५ करोड रुपैयाँभन्दा बढी खर्च व्यहोर्दै आएपनि स्वास्थ्य बीमा बोर्डले त्यसको ५० प्रतिशत मात्र दाबी स्वीकृत गरिदिँदा समस्या उत्पन्न भएको हो ।

‘बोर्डबाट भूक्तानी नआउँदा अस्पतालले आफ्नै आन्तरिक स्रोतबाट २ वर्षदेखि सेवा दिँदै आएको थियो । अब यसलाई निरन्तरता दिन सकिने अवस्था भएन । बोर्डबाट भूक्तानी नआएकै कारण औषधि तथा स्वास्थ्य सामग्री सप्लायरलाई पनि ५ महिनादेखि अस्पतालले भूक्तानी दिन सकेको छैन’ सूचना अधिकारी डा. गोपाल सेढाईंले भने, ‘यस्तो अवस्था आएपछि सेवा बन्द गर्ने निर्णयमा पुग्यौँ ।’

उता, स्वास्थ्य बीमा बोर्डले टिचिङसहित स्वास्थ्य बीमा अन्तर्गतका सेवाका लागि सूचीकृत स्वास्थ्य संस्थालाई ११ अर्बभन्दा बढी भुक्तानी दिन बाँकी छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

प्राधिकरणले साउनको बिलमा पनि भ्याट समायोजन नगरेको उपभोक्ताको गुनासो

उपभोक्ताहरुले भदौमा जारी भएको (साउनको खपतको) बिजुलीको बिलमा पनि...

भेन्चर हायर पर्चेंज लिमिटेडले १५ प्रतिशत लाभांश दिने, साधारणसभा आह्वान

आईएमई ग्रुपको हायर पर्चेज कम्पनी भेन्चर हायर पर्चेंज लिमिटेडले...

आक्रामक मूल्यमा नेपाल प्रवेश गर्‍यो ‘दीपल नेभो क्यूओ५’

चिनियाँ अटोमोबाइल ब्रान्ड चांगानको उत्पादन ‘दीपल नेभो क्यूो५’ नेपालमा...

आज पनि महँगियो सुन, कति पुग्यो भाउ ?

आज सोमबार पनि पनि सुनको भाउ बढेको छ ।...

सानिमा ग्रोथ फण्ड र सनराइज फोकस्ड इक्विटी फण्डको लाभांश घोषणा

सानिमा क्यापिटलले संचालन गरेको सानिमा ग्रोथ फण्ड र लक्ष्मी...

प्रभु क्यापिटलको दुई वटा म्युचुअल फण्डले १२ प्रतिशत लाभांश दिने

प्रभु क्यापिटलले संचालन गरेको २ वटा म्युचुअल फण्डको लाभांश...
spot_img