Tuesday, March 17, 2026
spot_img

सिटिजन्स बैंकका ग्राहकलाई बुद्ध एयरमा छुट

spot_img
spot_img

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र वुद्ध एयर प्रा. लि बीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्र अनुसार सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले बुद्ध एयरमा १२% सम्मको आकर्षक छुट पाउने बैंकले जनाएको छ ।

बैंकका अनुसार सो छुट वुद्ध एयरको सबै कार्यालयको काउन्टरबाट मात्र प्राप्त हुने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित हुने विश्वास बैंकले लिएको बैंकले जनाएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेबैंकले उल्लेख गरेको छ ।

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६० जिल्लामा फैलिएका आफ्ना १९७ वटा शाखा, १६२ वटा ए.टि.एम., ३ विस्तार काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग इकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

spot_img
spot_img
spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

इला होटल एण्ड रिसोर्टको सीईओमा लक्ष्मण थापा नियुक्त

इला होटल एण्ड रिसोर्टको प्रमुख कार्यकारी अधिकृतमा लक्ष्मण थापा...

निफ्राले फेरि पायो Credit Sale/Purchase/Re-purchase तथा Takeover को सुविधा

नेपाल राष्ट्र बैंकले आज पूर्वाधार विकास बैंकको लागि एकिकृत...

वाणिज्य बैंकले RFID Chip Based Prepaid Card जारी गर्न पाउने

अब वाणिज्य बैंकहरुले RFID Chip Based Prepaid Card जारी...

महांसघको आगामी नेतृत्व सर्वसम्मत चयन गरेर जानु पर्छ: अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले महांसघको आगामी...

२८ खर्ब ७८ अर्ब पुग्यो नेपालले तिर्न बाँकी ऋण

नेपालको सार्वजनिक ऋण रु २८ खर्ब ७८ अर्ब २९...
spot_img