Wednesday, August 26, 2026
spot_img
spot_img

नेपालमा ५५ विमानस्थल: ३४ वटा चल्छन्, २१ वटा चल्दैनन् ? (सूचीसहित)

spot_img

नेपालमा अन्तराष्ट्रिय र आन्तरिक गरि कुल ५५ वटा विमानस्थल रहेपनि २१ वटा विमानस्थल भने हाल संचालनमा नरहेको पाईएको छ। नेपाल नागरिक उडड्यन प्राधिकरणका अनुसार हाल नेपालमा ३ वटा अन्तराष्ट्रिय र ५२ वटा अन्तरिक गरि कुल ५५ वटा विमानस्थल रहेको छ। ५२ वटा अन्तरिक विमानस्थल मध्ये २ वटा हब विमानस्थल रहेको छ।

नेपालमा अन्तराष्ट्रिय विमानस्थलको रुपमा काठमाडौँमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, भैरहवामा गौतम बुद्द अन्तराष्ट्रिय विमानस्थल र पोखरामा पोखरा अन्तराष्ट्रिय विमानस्थल रहेका छन् । त्यस्तै अन्तरिक तर्फको २ वटा हब विमानस्थलको रुपमा विराटनगर, र नेपालगंज  विमानस्थल रहेका छन् । यी बाहेक थप २९ वटा आन्तरिक विमानस्थल संचालनमा छन् ।

 संचालनमा रहेका अन्य २९ विमानस्थल 

बझाङ, बाजुरा, भरतपुर, भोजपुर, चन्द्रगढी, दाङ, धनगढी, डोल्पा (जुफाल), फाल्गुनन्द सुकिलुम्बा (इलाम), गुल्मी रेसुङ्गा, जनकपुर, जोमसोम, जुम्ला, खानीडाँडा, फाप्लु, पोखरा, राजविराज, रामेछाप, रारा, रुम्जाटार, सल्ले (रुकुम), साँफेबगर, सिमरा, सिमिकोट, सुर्खेत, ताप्लेजुङ, तेन्जिङ हिलारी (लुक्ला), थामखर्क, र तुम्लिङटार ।

संचालनमा नरहेका २१ विमानस्थल  

बाग्लुङ, बैतडी, चौरजहारी (रुकुम), दार्चुला, ढोरपाटन, डोटी, पालुङटार (गोरखा),  जिरी, कालिकोट, कमल बजार, काँगेलडाँडा, खिजी चन्डेश्वरी, लाङटाङ, लामिडाँडा, महेन्द्रनगर, मनाङ, मसिनेचौर (डोल्पा),  मेघौली, रोल्पा,  स्याङबोचे, र टिकापुर ।

रातमा चल्ने १० वटामा मात्र 

संचालनमा रहेका विमानस्थल मध्ये पनि १० वटामा मात्र रातको समयमा संचालन गर्न सकिने सुविधा छन् । ३ वटा अन्तराष्ट्रिय विमानस्थल, तथा विराटनगर, चन्द्रगढी, धनगढी, जनकपुर, नेपालगंज, सिमरा, र राजविराजमा मात्र रातमा उडान संचालन गर्न सकिने सुविधा छ ।

यी बाहेक भक्तपुरको नलिन्चोकमा हेलिकप्टरहरुको लागि हेलिपोर्ट रहेको छ। त्यस्तै हाल निजगढ अन्तराष्ट्रिय विमानस्थल निर्माणको प्रक्रियामा रहेको छ अर्घाखाँचीमा आन्तरिक विमानस्थल निर्माण प्रक्रियामा छ ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img
spot_img

त्रिशूली नदीमा रहेका १९ वटा पुलमा क्षति

भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण त्रिशूली नदीमा रहेका कम्तीमा १९...

भोटेकोशी बाढी: यस्ता छन् आकष्मिक मन्त्रिपरिषद बैठकका १० निर्णय

प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को आपतकालीन बैठक सम्पन्न भएको...

भोटेकोशी बाढी: ५ जिल्लाका सांसदसँग प्रधानमन्त्रीले गरे छलफल

प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण...

बाढी प्रभावित क्षेत्रका बासिन्दालाई दुई दिनको लागि फोन र डाटा निशुल्क

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) ले भोटेकोशीमा आएको...

यी हुन् बाढीले क्षति पुर्याएका ११ हाइड्रो, ४३० मेगावाट बिजुली प्रणाली बाहिर

भोटेकोशीमा आएको बाढीका कारण ११ वटा हाइड्रो पावरमा क्षति...

नाडामा सिएरा ईभी सार्वजनिक

नेपाली बजारमा टाटाको नयाँ इलेक्ट्रीक एसयूभी सिएरा ईभी सार्वजनिक...