Monday, August 17, 2026
spot_img

वैदेशिक रोजगारीमा रहेका मध्ये १० हजार जनाले पाए भुजुङ्ग हाइड्रोको आईपीओ

spot_img

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई निष्काशन गरेको आईपीओमा बाँडफाँड भएको छ । बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज पुस १७ गते शेयर बाँडफाँड गरेको हो।

कम्पनीले पुस ३ देखि पुस ७ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  १ लाख कित्ता शेयर निष्काशन गरेको थियो। क्यापिटलका अनुसार यस आईपीओमा कुल ६९ हजार ४ सय ६५ जनाले आवेदन दिएका थिए। जस मध्ये ६९ हजार ४ सय ५७ जनाको आवेदन मात्र योग्य भएको छ।

माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको छ। जसमा १० हजार जनाले मात्र १० कित्ताको दरले शेयर पाएका छन् । बाँकी आवेदक भने हात खाली भएका छन् ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष डा. खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् । अन्य संचालकमा अनु खनाल, विवेक रावल, डा. हिमाल भट्टराई तथा स्वतन्त्र संचालकमा ढुंडीराज ज्ञवाली छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

इन्डोनेसियाको ८१औं स्वतन्त्रता दिवसको अवसरमा काठमाडौंमा झण्डोत्तोलन

नेपालका लागि गणतन्त्र इन्डोनेसियाको अवैतनिक वाणिज्य दूतको कार्यालयले आइएमई...

करदाता प्रोत्साहन कार्यक्रम: आज पुरस्कार घोषणा हुँदै, यस अघि जितेकाले आजै पैसा पाउने

करदाता प्रोत्साहन पुरस्कारअन्तर्गत साउन महिनाको दोस्रो पाक्षिक पुरस्कार आज...

म्यानपावर कम्पनीको आन्दोलन फिर्ता

सरकार सँगको वार्तापछि वैदेशिक रोजगार व्यवसायी संघले आन्दोलन फिर्ता...

वर्षौंदेखि बन्द वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने तयारी

वर्षौंदेखि बन्द अवस्थामा रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा...

हालसम्म ११ म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

हालसम्म ११ वटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८२/८३ को...
spot_img