आज शुक्रबार पनि सुनको भाउ नयाँ उचाईमा पुगेको छ । बिहिबार प्रतितोला २ लाख ६७ हजार ५ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज तोलामा १८ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६८ हजार १ सय रुपैयाँ पुगेको हो ।
आज प्रति १० ग्राम छापावाल सुनको भाउ २ लाख ६९ हजार ३ सय रुपैयाँ तोकिएको छ । नेपाली बजारमा आज तोकिएको सुनको भाउ हालसम्मकै उच्च हो ।
आज चाँदीको भाउ तोलामा एकैदिन १६५ रुपैयाँले बढेर प्रतितोला ४ हजार ५ सय ६५ रुपैयाँ पुगेको छ । आज १० ग्राम चाँदीको भाउ ३ हजार ९ सय १४ रुपैयाँ तोकिएको छ । नपाली बजारमा आज कायम भएको चाँदीको भाउ पनि हालसम्मकै उच्च हो ।












