Thursday, August 6, 2026
spot_img

कुथेली बुखरी स्मल हाइड्रोको साधारणसभा आह्वान

spot_img

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते साधारणसभा गर्ने भएको हो ।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले  आर्थिक वर्ष २०८१/८२  को लागि  हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।

कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ४० लाख ५४ हजार २ सय ५० रुपैयाँ रहेको छ। शेयर बजारमा हाइड्रोहरु मध्ये कुथेलीको शेयर मूल्य सबैभन्दा उच्च छ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

घरजग्गा कारोबारको लाइसेन्स लिन २१ दिने सूचना आह्वान

भूमि व्यवस्थापन तथा अभिलेख विभागले घरजग्गा सम्बन्धी कारोबार गर्न...

नागरिक लगानी कोषको कार्यकारी निर्देशकका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोट समितिले ५ जनाको...

ग्यास नपाए फोन गर्नू भन्दै उद्योग मन्त्रालयले सार्वजनिक गर्‍यो मोबाइल नम्बर

खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारी भइरहेको...

लर्डबुद्धमा ‘एमबीए इन एआई’ र ‘डिजिटल लिडरसिप’ सुरु

आईटी कलेज लर्डबुद्ध एजुकेशन फाउण्डेशनले ‘एमबीए इन एआई’ र...

नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह नियुक्त

नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशकमा सीए नागेन्द्र शाह...
spot_img