कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले साधारणसभा आह्वान गरेको छ । कम्पनीले पुस २९ गते साधारणसभा गर्ने भएको हो ।
सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को लागि हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि पुस १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १३ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ४० लाख ५४ हजार २ सय ५० रुपैयाँ रहेको छ। शेयर बजारमा हाइड्रोहरु मध्ये कुथेलीको शेयर मूल्य सबैभन्दा उच्च छ।









