Sunday, July 5, 2026
spot_img

भुजुङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि

spot_img

भुजुङ्ग हाइड्रोपावर लिमिटेडले आज पुस ३ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित लमजुङका स्थानीय र  श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गरेको हो। कम्पनीले स्थानीयलाई १० लाख कित्ता शेयर निष्काशन गरेको छ। जस मध्ये ६ लाख कित्ता अति प्रभावित लमजुङ जिल्लाको क्व्होलासोथार गाउँपालिकाका वडा नम्बर ४ का  स्थानीयलाई छुट्याईएको छ । बाँकि ४ लाख कित्ता क्व्होलासोथार गाउँपालिकाको वडा नम्बर १,२,३,५,६,७,८ र ९ का स्थानीयलाई छुट्याईएको छ।

यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा पुस १७ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा माघ ९ गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई  १ लाख कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा पुस ७ गतेसम्म आवेदन दिन सकिने छ ।

त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ । शेयर निष्काशनको लागि कुमारी क्यापिटल बिक्री प्रबन्धक रहेको छ।

नेपाल धितोपत्र बोर्डले मङ्सिर ११ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले लमजुङमा ७.५ मेगावाट क्षमताको माथिल्लो मिदिम जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८१ वैशाखदेखि व्यापारिक उत्पादन गरिरहेको छ । यस कम्पनीका अध्यक्ष डा. खगेन्द्र प्रसाद ओझा हुन् भने प्रबन्ध निर्देशन माधव राज आचार्य हुन् । अन्य संचालकमा अनु खनाल, विवेक रावल, डा. हिमाल भट्टराई तथा स्वतन्त्र संचालकमा ढुंडीराज ज्ञवाली छन् ।

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

नेपाली सडकमा ‘ईभी क्रान्ति’

नेपालका सडकमा केही वर्षअघिसम्म विद्युतीय सवारी (ईभी) को उपस्थिति...

अर्थमन्त्रीको सय दिने उपलब्धिः सेबोन अध्यक्ष नियुक्तिदेखि पेट्रोलको भन्सार छुटसम्म

अर्थमन्त्री डा‍. स्वर्णिम वाग्लेले अर्थ मन्त्रालयको कार्यभार सम्हालेपछि मन्त्रालय...

मौद्रिक नीतिबारे अर्थ समितिमा छलफल, को को छन् सहभागी ?

आगामी आर्थिक वर्ष २०८३/०८४ को मौद्रिक नीतिमा समेटिनुपर्ने विषयका...

सुनचाँदीको भाउमा झिनो गिरावट

आज आइतबार सुनको भाउमा झिनो गिरावट आएको छ ।...

एनवाईईएफ काठमाडौंको अध्यक्षमा अनुभव श्रेष्ठ निर्वाचित, युवा उद्यमशीलता र नवप्रवर्तन प्राथमिकतामा

नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) काठमाडौं च्याप्टरको आठौं वार्षिक...

इप्पानमा १६ वटा समिति र उपसमिति गठन, कुनको जिम्मेवारीलाई कसलाई ?

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)ले विभिन्न समिति तथा...
spot_img