Saturday, June 27, 2026
spot_img

कामना सेवा विकास बैंकद्वारा नेपाल बार एशोसिएशनलाई कम्प्युटर सहयोग

spot_img
spot_img

कामना सेवा विकास बैंकले नेपाल बार एशोसिएशन, रामशाहपथलाई कम्प्युटर हस्तान्तरण गरेको छ । २०८२ भदौ २३ र २४ गते मुलुकमा भएको जेन्जी युवा समुहको आन्दोलनको क्रममा उत्पन्न भएको तोडफोड तथा आगजनीको घटनाबाट नेपाल बार एशोसिएशनको भवन, भवन परिसरमा क्षति भएकोले कार्यालय संचालन गर्न आवश्यक कम्प्युटर हस्तान्तरण गरिएको बैंकले जनाएको छ।

बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता डण्डापानी भट्टराईले नेपाल बार एशोसिएशनका अध्यक्ष वरिष्ठ अधिवक्ता प्रा. डा. विजयप्रसाद मिश्रलाई हस्तान्तरण गरेका हुन् । उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै अध्यक्ष प्रा. डा. मिश्रले बैंकद्वारा गरिएको कम्प्युटर हस्तान्तरणले एशोसिएशनमा काम गर्नको लागि महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उक्त कार्यक्रममा बोल्दै बैंकका कानुन विभागका प्रमुख तथा अधिवक्ता भट्टराईले नेपाल बार एशोसिएशनको समन्वयमा समुन्नत समाज विकासको लागि सहयोग गर्दै हातेमालो गर्न पाएकोमा खुशी व्यक्त गरे। उक्त कार्यक्रममा बैंकका सिएसआर विभाग प्रमुख सुशिल पौडेल, बार एशोसिएशनका महासचिव वरिष्ठ अधिवक्ता केदार प्रसाद कोइराला लगायतका व्यक्तित्वहरुको उपस्थिती रहेको थियो ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img