Saturday, June 27, 2026
spot_img

कुमारी बैंकले ल्यायो ग्रिन हायर पर्चेज कर्जा, इभी खरिदमा अनुदान

spot_img
spot_img

कुमारी बैंकले ग्रिन हायर पर्चेज कर्जा योजना सञ्चालनमा ल्याएको छ । बैंकले जिआईजेड, ग्लोबल ग्रिन ग्रोथ इष्टिच्यूट आदि जस्ता संस्थाहरुद्धारा ब्यावस्थापन तथा प्रर्वद्धन गरिएको सस्टेनेबल इलेक्ट्रिक ट्रान्सपोर्ट नेपाल (SET4NPL) परियोजना अन्र्तगत साझेदारी गर्दै यो योजना सञ्चालनमा ल्याएको हो ।

यस योजना अन्तर्गत सार्वजनिक यातायात सेवा प्रवाहमा आवद्ध व्यक्तिहरुले विद्युतिय बस तथा माइक्रो बस खारिद गर्न बैंकबाट कर्जा लिदा, आर्कषक ब्याजदरमा कर्जा सुविधा प्राप्त गर्नुका साथै ऋणीले भुक्तानी गर्नु पर्ने शुरुवाती रकम (डाउन पेमेन्ट)मा परियोजनाबाट निर्धारित अनुदानहरु समेत पाउने बैंकले जनाएको छ। त्यसैगरी वर्तमान समयमा इन्धनमा आधारित सार्वजनिक सवारी साधनहरु सञ्चालन गरिरहेका व्यक्तिहरुले आफ्ना सवारी साधनहरुलाई विद्युतिय बस तथा माइक्रो बसमा बदल्नका लागि कर्जा लिन चाहेमा समेत थप अनुदान प्राप्त गर्न सकिने बैंकले उल्लेख गरेको छ।

बैंकका अनुसार यसका लागि ऋणिहरुले परियोजनामा आवद्ध सवारी साधन आपुर्तिकर्ताहरुबाट विद्युतिय बस तथा माइक्रो बस खरिद गर्नका लागि आवश्यक कागजात सहित कुमारी बैंकको शाखाहरुमा सम्पर्क गर्नुपर्नेछ ।

यस योजना अन्तर्गत समावेश गरिएका अनुदानहरुले ऋणिहरुको शुरुवाती पुजीको व्यवस्थापनमा सहुलियत हुन्छ भने सार्वजनिक यातायातमा विद्युतिय सवारी साधनको प्रयोगसँगै प्रदुषण समेत कम गर्न सकिने जस्ता बहुआयामिक लाभहरु प्राप्त हुने बैंकका दिगो बैकिङ्ग विकास विभागका प्रमुख अर्पण पौडेलले बताए ।

 

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

सिटिजन्स बैंकको वेबसाइट तथा मोबाइल बैंकिङमार्फत SIP आवेदन भर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सिटिजन्स क्यापिटल लिमिटेडको सहकार्यमा सर्वसाधारण...

राष्ट्र बैंकद्वारा पोखरा फाइनान्सको शीघ्र सुधारात्मक कारवाही फुकुवा

नेपाल राष्ट्र बैंकले पोखरा फाइनान्स लिमिटेडलाई गरिएको शीघ्र सुधारात्मक...

धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षको पदबहाली सोमबार

नेपाल धितोपत्र बोर्डका नव नियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टको...

शुभ इन्टरनेशल हस्पिटालिटीले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

शुभ इन्टरनेशनल हस्पिटालिटी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ...

ट्राफिक नियम उलङ्घन गर्नेलाई १ लाखसम्म जरिवाना प्रस्ताव, पैदल यात्रीलाई पनि ‘आर्थिक कारबाही’

सरकारले ट्राफिक नियम उलङ्घनमा ब्यापक जरिवाना तिराउने प्रस्तावसहित कानूनको...

  कामना सेवा विकास बैकद्धारा दुर्गा माविलाई कुलर तथा ब्रेल पेपर हस्तान्तरण

कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व...
spot_img