कुमारी बैंकले साधारणसभा आह्वान गरेको छ। बैंकले पुस ३० गते आर्थिक वर्ष २०८१/८२ को साधारणसभा बोलाएको हो ।
बैंकले साधारणसभा प्रयोजनको लागि पुस १८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। पुस १७ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन सक्ने छन् ।
बैंकले लाभांश प्रस्ताव गरेको छैन । यस संगै बैंकका लगानीकर्ताकर्ता ३ वर्षदेखि लाभांश बिहिन हुने भएका छन् । बैंकले आर्थिक वर्ष २०७८/७९ पछि लाभांश दिएको छैन ।













