Wednesday, April 22, 2026
spot_img
spot_img

हुन्डाईले नेपालमै एसेम्बल गर्यो १५ सय युनिट गाडी, अब नेपाली टायर र ब्याट्री प्रयोग गर्ने

spot_img
spot_img

बैशाख २०८१ बाट नेपालमा चार पाङ्ग्रे सवारीको एसेम्बल सुरु भयो । यस आधारमा व्यापारिक घराना लक्ष्मी समूहले नेपालमै हुन्डाईका गाडी उत्पादन सुरु गरेको २० महिना भएको छ । आम सर्वसाधारणलाई हुन्डाईका नेपालमा एसेम्बल भएका गाडी कस्ता छन् ? कति मूल्य पर्छ भन्ने चासो आज पनि कायमै छ । यद्यपी, लक्ष्मी मोटर कर्पोरेशनले यी विषय सार्वजनिक गरिसकेको छ ।

क्रेटा र भेन्यूको एसेम्बल, मूल्य ९ लाखसम्म सस्तो
लक्ष्मी मोटर कर्पोरेशनले अहिले नेपालमा हुन्डाईका क्रेटा र भेन्यूको एसेम्बल गरिरहेको छ । नवलपरासीस्थित प्लान्टबाट अहिले क्रेटा र भेन्यू उत्पादन भइरहेका छन् । सुरुमा भेन्यू मात्रै बनाइरहेको लक्ष्मी मोटर कर्पोरेशनले गत वर्षको चैतबाट क्रेटाको पनि उत्पादन थालेको हो ।

लक्ष्मी हुन्डाईका महाप्रबन्धक दीपक थपलियाका अनुसार नेपालमै एसेम्बल भएका गाडी आयात गरिएका गाडीको तुलनामा ९ लाखसम्म सस्ता छन् । आयात गरिएको क्रेटा टप भेरियन्टको मूल्य ८८ लाखसम्म थियो भने नेपालमै एसेम्बल भएको क्रेटाको मूल्य ७९ लाखसम्म मात्रै छ ।

भेन्यूमा पनि आयातको तुलनामा यहीँ एसेम्बल भएको गाडी ५ लाखसम्म सस्तो रहेको थपलियाको भनाइ छ ।
अहिले उपभोक्तामाझ नेपालमै एसेम्बल भएको क्रेटाको माग उच्च छ । अहिलेसम्म लक्ष्मी मोटरले क्रेटा र भेन्यू गरेर कुल १५ सय युनिट गाडी नेपालमै एसेम्बल गरिसकेको छ । यसमा क्रेटाको संख्या ९ सय युनिट र भेन्यू ६ सय युनिट रहेका छन् ।

वार्षिक ५ हजार गाडी उत्पादन क्षमता, ४ सयलाई रोजगारी
२०६६ सालबाट हुन्डाई कम्पनीका गाडी नेपाल भित्र्याउन थालेको लक्ष्मी ग्रुपले २०७६ सालमा नेपालमै गाडी एसेम्बल गर्न कम्पनी दर्ता गरेको थियो । यस अवधिमा प्लान्ट लगाउने काम सकेर कम्पनीले उत्पादन थालेको हो । १० बिघा क्षेत्रफलमा फैलिएको एसेम्बलिङ प्लान्टमा वार्षिक ५ हजार युनिट गाडी उत्पादनको क्षमता छ । हुन्डाईका दक्ष प्राविधिकद्वारा जाँच गरेर गाडी उत्पादन गरिन्छ ।

अहिले प्लान्टमा ४ सय जना जतिले रोजगारी पाएका छन् । यसमध्ये ३ सय जना प्रत्यक्ष रोजगार छन् । साथै, बुटवलको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयबाट निस्किएको जनशक्ति अधिकांश त्यहीँ प्लान्टमा कार्यरत छन् । ‘सीटीईभीटीको आंगिक संस्थाका रुपमा बुटवलमा रहेको कोरिया नेपाल बहुप्राविधिक शिक्षालयबाट पास आउट भएको अधिकांश जनशक्ति यहाँ खपत भएको छ । उनीहरुका लागि फिल्डको प्रयोगात्मक सिकाई पनि भएको छ ।’

नेपालमै बनेका टायर र ब्याट्री प्रयोग गर्ने तयारी
हुन्डाईले नेपालमा गाडी एसेम्बल गर्न थालेको करिब २ वर्ष पश्चात अब नेपालमै उत्पादन भएका टायर, ब्याट्री लगायतका सामान प्रयोग गर्ने तयारी पनि अघि बढाएको छ । यसका लागि कोरियन गाडी उत्पादक हुन्डाईको मापदण्ड भने पूरा भएको हुनुपर्छ ।

‘टायर, ब्याट्री, प्लास्टिकका केही प्रोडक्टहरु र सिसाहरु नेपालमै बनेको प्रयोग गर्ने तयारी भइरहेको छ’ महाप्रबन्धक थपलियाले भने, ‘यसका लागि हामीलाई लोकल उत्पादन प्रयोग गर्न अनुमति पनि आइसकेको छ । तर, हुन्डाईको क्राइटेरिया मिट भएको हुनुपर्छ । अब निकट भविष्यमै हामी नेपालमै बनेका टायर, ब्याट्री लगायतका सामानहरु प्रयोग गरेर गाडी एसेम्बल गर्छौँ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

कक्षा १२ को परीक्षा सोमबारदेखि, ४ लाख १८ हजार विद्यार्थी सहभागी हुँदै

कक्षा १२ को परीक्षा बैशाख १४ गतेबाट सुरु हुँदैछ...

‘ईभीको भाडा बढेको छैन’

डिजेल र पेट्रोलको मूल्यवृद्धि भएकाले सरकारले सार्वजनिक यातायातको भाडा...

तीव्र गतिका बलर खोज्दै वर्ल्डलिङ्कद्वारा ‘बीट द स्पीड’ सिजन–३ सुरु

WorldLink Communications Limited ले देशभरका उदीयमान तीव्र गतिका बलरहरूको...

कम्पनी रजिष्ट्रारको कार्यालयमा  AI Based Call Center संचालनमा

कम्पनी रजिष्ट्रारको कार्यालयले  AI Based Call Center संचालनमा ल्याएको...

घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

आज बुधबार सुनको भाउ घटेको छ। मंगलबार प्रतितोला ३...

विद्युत प्राधिकरणले हाइड्रो आयोजनालाई RCOD थप गर्न बोलायो, ४ शर्त निर्धारण

नेपाल विद्युत प्राधिकरणले प्रवर्धकहरूलाई आयोजनाको RCOD थप गर्नको लागि...
spot_img