सोलु हाइड्रोपावर लिमिटेडले स्थानीयलाई निष्काशन गरेको आईपीओमा आवेदन दिने आज मंसिर २१ गते अन्तिम दिन रहेको छ। कम्पनीले मङ्सिर ७ गतेदेखि स्थानीयलाई आईपीओ बिक्री खुला गरेको हो।
कम्पनीले आयोजना प्रभावित सोलुखुम्बुका स्थानीयलाई १ करोड कित्ता शेयर निष्काशन गरेको छ। जस मध्ये ४० लाख कित्ता अति प्रभावित सोलु दुधकुण्ड नगरपालिकाका वडा नम्बर ७ र ११, तथा थुलुङ दुधकोशी गाउँपालिका वडा नम्बर १ का स्थानीयलाई छुट्याईएको छ । बाँकि ६० लाख कित्ता सोलु दुधकुण्ड नगरपालिका र थुलुङ दुधकोशी गाउँपालिकाका अन्य वडाका स्थानीयलाई स्थानीय छुट्याईएको छ ।
यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्ने छन्।
कम्पनीले यस अघि नै श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० लाख कित्ता शेयर निष्काशन गरिसकेको छ।
नेपाल धितोपत्र बोर्डले कार्तिक २४ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। कम्पनीले २ अर्ब बराबरको २ करोड कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको हो।
यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ । सोलु हाइड्रोपावर लिमिटेड त्रिवेणी ग्रुप अन्तर्गतको कम्पनी हो। यस कम्पनीमा त्रिवेणी ग्रुप, विशाल ग्रुप, गोयल ग्रुप, राठी ग्रुप, विद्या ग्रुप र जैन ग्रुपको लगानी छ। कम्पनीमा गोबिन्दलाल संघाईको ८.१६ प्रतिशत, नितेश अग्रवालको ७.०९ प्रतिशत तथा राम चन्द्र संघाईको ४.९३ प्रतिश्सत शेयर लगानी रहेको छ। सुवाष चन्द्र संघाई कम्पनीका अध्यक्ष् हुन् । सुरुमा कम्पनीमा भारतीय कम्पनी एसेल इन्फ्राप्रोजेक्ट्स लिमिटेडको बहुमत स्वामित्व रहेकोमा पछि नेपाली शेयरधनीहरुले लिएका हुन् ।









