Sunday, December 28, 2025
spot_img

उद्योगीले पाउने भए निर्यात बापतको नगद अनुदान

spot_img

सरकारले स्थगन गरेको निर्यातमा नगद अनुदान कार्यक्रम पूर्ववत् अवस्थामै सञ्चालनमा ल्याउने भएको छ । गत आर्थिक वर्षमा उद्योगीहरुले विदेशमा गरेको निर्यात बापतको अनुदान भूक्तानीका लागि अर्थ मन्त्रालयले करिब साढे ५ अर्ब रुपैयाँ निकासा गर्ने भएको हो ।

यसअघि, जेन् जी आन्दोलन पश्चात बनेको सरकारले उद्योग विभागमार्फत असोजमा एक सूचना निकाल्दै उद्योग मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/०८३ मा थप दायित्व सिर्जना हुने गरी नयाँ निवेदन नलिन निर्देशन प्राप्त भएको जनाउँदै निर्यात बापतको अनुदान दाबी गर्दै आएका निवेदन बुझ्न छोडेको थियो । यस निर्णयमा निजी क्षेत्रले विरोध जनाएको थियो ।

अर्थमन्त्री रामेश्वर खनालसँग यसबारे निजी क्षेत्रका प्रतिनिधिहरुले विभिन्न मञ्च तथा बैठकमा समेत कुरा राखेका थिए । अन्ततः मन्त्री खनाल सकारात्मक भएका हुन् । यससँगै उद्योग विभाग (उद्योग मन्त्रालय)ले अर्थ मन्त्रालयसँग आवश्यक रकम माग गरिसकेको छ ।

उद्योग विभागका अनुसार निर्यातमा दिइने अनुदान अन्तर्गत गत आर्थिक वर्षसम्म निर्यातबापत करिब साढे ५ अर्ब दायित्व सिर्जना भइसकेको छ ।

यसैगरी, सरकारले चालु वर्षदेखि लागू हुने गरी यस प्रकारको अनुदानको मोडालिटी फेरबदल गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयका अनुसार यसका लागि छुट्टै कार्यविधि तयार पारिँदैछ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img
spot_img

मदिरा उद्योगमा विष्फोट हुँदा एक जनाको मृत्यु

रौतहटस्थित एक मदिरा उद्योगमा बोइलर विष्फोट हुँदा एक जनाको...

एनआईसी एशिया बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटीमा विशेष छुट

एनआईसी एशिया बैंक र आईएमई हस्पिटालिटी प्रा. लि. बीच...

५ लाख ८३ हजार ९ सयले भरे रिलायन्स स्पिनिङ्गको आईपीओ, २५ अर्ब बढीको आवेदन

रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले सर्वसाधारणलाई निष्काशन गरेको आईपीओमा माग...

नेटवर्थ सुधारेर ठमेल प्लाजा होटेलले फेरि माग्यो आईपीओ निष्काशन अनुमति

ठमेल प्लाजा होटेल एण्ड सुइट्स लिमिटेडले आईपीओ निष्काशन गर्नको...

रिहा भए प्रभु बैंकका सीइओ शेरचन

प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन रिहा भएका...

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले लिए शपथ

नवनियुक्त परराष्ट्रमन्त्री बालानन्द शर्माले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा...
spot_img
spot_img