Saturday, August 8, 2026
spot_img

भिजन लुम्बिनीको साधारणसभा आह्वान: आईपीओ निष्काशन गर्ने प्रस्ताव, १० प्रतिशत लाभांश दिने

spot_img

भिजन लुम्बिनी लिमिटेडले साधारणसभा आह्वान गरेको छ। कम्पनीले पुस १९ गते साधारणसभा बोलाएको हो।

सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफबाट १० प्रतिशत लाभांश कर बाहेक वितरण गर्ने प्रस्ताव गरेको छ।

त्यस्तै सभाको विशेष साधारणसभामा कम्पनीको आईपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पेश हुने छ । कम्पनीले जारी पुँजीको २० प्रतिशत शेयर निष्काशन गर्ने प्रस्ताव गरेको छ। त्यस्तै सभामा कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, थप संशोधन आवश्यक परे संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

सभामा विभिन्न जलविद्युत आयोजनाहरुको विकास गर्ने, प्रवर्द्धन गर्ने, त्यस्ता परियोजनाहरुमा लगानी गर्ने लगायत् अन्य उपयुक्त उध्यम तथा व्यवसायहरुमा लगानी गर्ने एवम् गरिएका लगानीहरुको व्यवस्थापन गर्ने सम्बन्धमा सन्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव पेश हुने छ ।

यस कम्पनीले भिजन लुम्बिनी उर्जा कम्पनीमा लगानी गरेको छ, जुन नेप्सेमा यस अघि नै सूचीकृत छ ।

 

spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img

- Advertisement -

spot_img
spot_img

करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका दुई जनालाई अर्थमन्त्रीले गरे फोन

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले करदाता प्रोत्साहन कार्यक्रममा विजेता बनेका...

ग्रिनप्लाई नेपालको विशेष साधारण सभा सम्पन्न, संस्थापक शेयरको मूल्य २२५ निर्धारण

ग्रिनप्लाई नेपाल कम्पनी लिमिटेडको विशेष साधारणसभा सम्पन्न भएको छ...

५ रुपैयाँ लाभांश फिर्ता लैजान एनआरएनका लगानीकर्ताले भोग्नु परेको झन्झट

सरकारले गैर–आवसीय नेपालीलाई पुँजीबजारमा भित्र्याउने विषय प्राथमिकताका साथ उठाईरहन्छ...

कामना सेवा विकास बैंक बन्यो लाभाशं घोषणा गर्ने पहिलो बैंक

कामना सेवा विकास बैंकले आर्थिक वर्ष २०८२/०८३ को मुनाफाबाट...

नेपाल भित्रियो दुबईको जमजम पर्फ्युम्स

दुबईको जमजम पर्फ्युम्स आधिकारिक रुपमा नेपाल भित्रिएको छ। जमजम...

आयाम इन्टरकन्टिनेन्टले नेपाल भित्र्यायो डोङफेङका ठूला ईभी, नाईमा एक्स्पोमा लन्च हुने

हिमालयन अर्गनाइजेशन अन्तर्गतको आयाम इन्टरकन्टिनेन्टलले चीनको अटोमोबाइल्स उत्पादक DONGFENG...
spot_img